तीन वर्षमै ५० हजार टीभीएस एनटर्क स्कुटर नेपाली सडकमा, एक रेकर्ड कायम
नेपाली बजारमा भित्रिएको छोटो समयमै टीभीएस एनटर्क स्कुटरले फरक पहिचान कायम...
टीभीएसले आफ्नो नयाँ स्कुटर एनटर्क १५० लन्च गरेको छ । दुई भेरिएन्टमा उपलब्ध सो स्कुटरको सुरुवाती मूल्य १ लाख १९ हजार भारु निर्धारण गरिएको छ ।
एनटर्क १२५ सिसीमा आधारित यस स्कुटरको डिजाइन भने स्पोर्टी रहेको छ । स्कुटरमा क्वाड प्रोजेक्टर एलइडी, शार्प टेलल्याम्प, स्प्लिट ग्र्याब रेल सहितको सिंगल–पीस सिट र आकर्षक हेडल्याम्प दिइएको छ । यो टर्बो ब्लू, नाइट्रो ग्रिन, रेसिङ रेड र स्टेल्थ सिल्भर कलरमा उपलब्ध छ ।
एनटर्क १५० मा १४९.७ सीसी, ३–भल्भ, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले १३ बिएचपी पावर र १४.२ एनएम टर्क जेनेरेट गर्दछ । सिभिटी ट्रान्समिसन उपलब्ध यसको टप स्पिड १०४ किलोमिट प्रतिघण्टा छ ।
स्कूटरमा १२ इन्चको अलोय ह्वील, अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक राखिएको छ । साथै, यसमा सिंगल–च्यानल एबिएस समेत पाउन सकिन्छ ।
एनटर्क १५० मा स्ट्रिट र रेस गरी दुईवटा राइडिङ मोड, ट्रयाक्सन कन्ट्रोल, एड्जस्टेवल ब्रेक लिभर र ब्लुटुथ कनेक्टिभिटीका साथ टीएफटी डिस्प्ले दिइएको छ ।
नेपाली बजारमा भित्रिएको छोटो समयमै टीभीएस एनटर्क स्कुटरले फरक पहिचान कायम...
टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको मोडलले...
टीभीएस कम्पनीले चाँडै नै आफ्नो नयाँ एडभेन्चर टुरर बाइक टीभीएस आरटीएक्स३००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...