टाटा मोटर्सले २०२५ सम्म १० नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने
टाटा मोटर्सले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको छ ।...
टाटा मोटर्सले भारतमा पहिलो पटक ५ टन पेलोड क्षमता भएको फाेर ह्विलर ट्रक टाटा एलटीपी ८१२ ट्रक लन्च गरेको छ । यसमा केवल चारवटा टायर रहेको छ र यसले ५ टनसम्मको भार सजिलै बोक्न सक्छ।
कम टायर भएका कारण यसलाई चलाउन सजिलो हुने मात्र नभई मर्मतसम्भारमा पनि खर्च कम हुने टाटाको दाबी छ। यसमा फ्याक्ट्री फिट गरिएको एयर कन्डिसनर दिइएको छ, जसले चालकलाई आरामदायी अनुभव दिनेछ।
टाटा एलटीपी ८१२ ट्रकमा ४ एसपीसीआर डिजेल इन्जिन समावेश छ, जसले १२५ हर्सपावर र ३६० एनएम टर्क उत्पादन गर्छ। यसमा ५ स्पिड गियरबक्स, बलियो ब्रेकिङ सिस्टम र बलियो टायर दिइएको छ । साथै यसमा प्याराबोलिक फ्रन्ट सस्पेन्सन, एन्टी-रोल बार, फुल एस-क्याम एयर ब्रेक, टिल्ट र टेलिस्कोपिक पावर स्टेयरिङ जस्ता फिचर उपलब्ध छ। कम्पनीले यसमा ३ वर्ष वा ३ लाख किलोमिटर वारेन्टीसमेत दिएको छ।
ट्रकको डिजाइन बलियो बनाइएको छ र यसलाई विभिन्न कठिन परीक्षणपछि मात्र बजारमा ल्याइएको हो। यसमा ‘सम्पूर्ण सेवा २.०’ नामक सुविधा दिइएको छ भने, ‘फ्लीट एज’ नामक डिजिटल समाधान पनि समावेश गरिएको छ । टाटा मोटर्सले भारतभर ३२०० भन्दा बढी सेवा केन्द्रमार्फत २४ घण्टा सातै दिन मद्दत उपलब्ध हुने जनाएको छ।
सो ट्रक साना व्यवसायीका लागि निकै फाइदाजनक हुने अपेक्षा गरिएको छ। किफायती मूल्य, सजिलो सञ्चालन, राम्रो माइलेज र लामो आयुसहितको विश्वसनियता यसले दिने टाटाको भनाइ छ। टाटा एलटीपी ८१२ ट्रकले नाफाको नयाँ स्तर स्थापित गर्नेछ र साना तथा मध्यम स्तरका ग्राहकहरूको लागि उत्कृष्ट विकल्प बन्ने विश्वास गरिएको छ ।
टाटा मोटर्सले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको छ ।...
टाटाको सब–कम्प्याक्ट एसयूभी नेक्सन ५ लाख युनिट उत्पादन भएर नयाँ रेकर्ड...
काठमाडौँ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...