कस्तो छ सुजुकीको नयाँ एसयूभी भिक्टोरिस ? प्रतिस्पर्धी कुन ? फिचर के ?

मारुती सुजुकीले नयाँ एसयूभी भिक्टोरिस लन्च गरेको छ । भारत एनक्यापबाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको सो गाडी कम्पनीले चाँडै बिक्रीमा ल्याउने तयारी गरेको छ। यसको मूल्य करिब १० देखि १५ लाख भारु हुने अनुमान गरिएको छ ।

भिक्टोरिसले हुन्डाई क्रेटा, किया सेल्टोस, टोयोटा हाइराइडर, होन्डा एलिभेट, स्कोडा कुशाक र फक्सवागन टिगुआन जस्ता ४.३ मिटर खण्डका एसयूभीहरूसँग प्रतिस्पर्धा गर्नेछ। लुक्सका हिसाबले यो ग्रान्ड भिटारासँग धेरै मिल्दोजुल्दो देखिन्छ । एलईडी लाइट, कनेक्टिङ लाइट बार र नयाँ अलोय ह्विलले गाडीलाई स्पोर्टी स्वरूप प्रदान गरेको छ ।

भिक्टोरिसमा धेरै नयाँ फिचर समावेश गरिएको छ। लेभल २ एडभान्स ड्राइभर असिस्ट सिस्टम, डल्बी एटमस अडियो सिस्टम, पावर्ड टेलगेट, भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्च स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम, एम्बियन्ट लाइटिङ, ७ इन्च डिजिटल ड्राइभर डिस्प्ले, सुजुकी कनेक्ट, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, हेड अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र ६ एयरब्यागजस्ता फिचर यसमा रहेको छ ।

मारुती सुजुकी भिक्टोरिस विभिन्न ट्रिममा उपलब्ध हुनेछ । यसमा तीन प्रकारका इन्जिन विकल्प दिइएको छ। १.५ लिटर पेट्रोल इन्जिनले १०३ बीएचपी पावर र १३९ एनएम टर्क उत्पादन गर्नेछ, जसमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्स उपलब्ध हुनेछ। यसको माइलेज २०.६ देखि २१.१ किलोमिटर प्रतिलिटर रहनेछ।

त्यसैगरी, १.५ लिटर हाइब्रिड इन्जिनले ११६ बीएचपी पावर र १४१ एनएम टर्क प्रदान गर्नेछ। यसमा ई-सीभीटी गियरबक्स रहनेछ र माइलेज २७.९७ किलोमिटर प्रतिलिटरसम्म हुने कम्पनीले दाबी गरेको छ। सीएनजी भेरिएन्टले ८८ बीएचपी पावर र १२२ एनएम टर्क प्रदान गर्नेछ, जसमा ५ स्पिड म्यानुअल गियरबक्स रहनेछ र २६.६ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ । थप बुट स्पेसको सुविधा दिन सीएनजी भेरिएन्टमा अन्डर बडी ट्याङ्की राखिएको छ।

सम्बन्धित समाचारहरू

ईभीएक्स लन्च हुनु अगाबै २५ हजार चार्जिङ स्टेशन तयार पार्ने योजनामा मारुती सुजुकी

ईभीएक्स लन्च हुनु अगाबै २५ हजार चार्जिङ स्टेशन तयार पार्ने योजनामा मारुती सुजुकी

भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी लन्च...

तयार हुँदै बलेनो फेसलिफ्ट, पहिलो पटक परीक्षणमा देखियो

तयार हुँदै बलेनो फेसलिफ्ट, पहिलो पटक परीक्षणमा देखियो

मारुती सुजुकीले छिट्टै बजारमा ल्याउने तयारी थालेको बलेनो परीक्षणका...

टाटा पन्चलाई पछि पार्दै मारुती डिजायर बन्यो आर्थिक वर्ष २०२६ को सर्वाधिक बिक्री हुने कार

टाटा पन्चलाई पछि पार्दै मारुती डिजायर बन्यो आर्थिक वर्ष २०२६ को सर्वाधिक बिक्री हुने कार

भारतको अटो बजारमा गत आर्थिक वर्षको बिक्री विवरण सार्वजनिक भएको छ। अप्रिल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...