१० औं वार्षिकोत्सवको अवसरमा क्रेटाको तीन नयाँ विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

हुन्डाईले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा क्रेटाको तीन नयाँ विशेष संस्करण लन्च गरेको छ । कम्पनीले क्रेटा किङ, किङ नाइट र किङ लिमिटेड संस्करण लन्च गरेको हो ।

क्रेटा किङमा १८ इन्चको डायमन्ड–कट एलोय ह्वील र ‘किंग’ प्रतीक राखिएको छ । इन्टेरियरमा मेमोरी फंक्सन सहितको इलेक्ट्रिकल्लि एड्जस्टेवल ड्राइभर सिट, ८–वे पावर एड्जस्टेवल प्यासेन्जर सिट, प्यासेनजर सिटमा इलेक्ट्रिक वाक–इन डिभाइस, आईटी डिभाइस होल्डर र रिट्रयाक्टवेल कप होल्डरका साथ अगाडी सिटब्याक टेबल स्टोरेज सहितको स्लाइडिङ आर्मरेस्ट लगायत फिचर दिइएको छ ।

साथै कारमा, डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्यासक्याम र वायरलेस एन्ड्रोइड अटो एबं एप्पल कारप्ले जस्ता आधुनिक फिचर सामेल गरिएको छ । यस संस्करणको मूल्य १७ लाख ८८ हजार ५०० देखी २० लाख ६१ हजार १०० भारुसम्म निर्धारण गरिएको छ ।

हाल बजारमा उपलब्ध क्रेटाको टप स्पेक भेरिएन्टमा आधारित यस संस्करणमा पनि उहि पुरानै १.५–लिटर पेट्रोल इन्जिना साथ ६–स्पीड म्यानुअल अर्थात आईभीटी, १.५–लिटर डिजेलका साथ ६–स्पीड म्यानुअल तथा ६–स्पीड अटोमेटिक र १.५–लिटर टर्बो–पेट्रोलका साथ ७–स्पीड डिसिटी कम्बो अप्नसन दिइएको छ ।

त्यसैगरी, क्रेटा किङ लिमिटेड संस्करणमा हेडरेस्ट कुशन, कार्पेट म्याट, कि कभर, ढोकाको क्ल्याडिङ र सिट बेल्ट कभर थप गरिएको छ । एसयुभी एबिस ब्ल्याक, एटलस ह्वाइट र कालो म्याट कलरमा उपलब्ध हुनेछ । यस संस्करणमा हुन्डाइले १.५–लिटर पेट्रोल इन्जिनका साथ आईभिटी र १.५–लिटर डिजेल इन्जिनका साथ ६–स्पीड अटोमेटिक गियरबक्सको विकल्प दिएको छ । यस संस्करणको मूल्य १९ लाख ४९ हजार ४०० र २० लाख ७७ हजार भारु तोकिएको छ ।

किङ नाइट संस्करणलाई भने हुन्डाइले पूर्ण कालो बाहिरी आवरणमा ल्याएको छ । यस संस्करणमा पनि क्रेटा किंग जस्तै धेरै सुविधाहरू राखिएका छन् । यो एसयुभी १.५–लिटर पेट्रोल इन्जिका साथ आईभीटी र १.५–लिटर डिजेल इन्जिनका साथ ६–स्पीड अटोमेटिक अपस्नमा उपलब्ध छ ।

क्रेटाको किङ नाइट संस्करणमा टच प्यानलको साथ डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस एन्ड्रोइड अटो एबं एप्पल कारप्ले, ड्यासक्याम र १८–इन्च अलोय ह्वील जस्ता फिचर दिइएको छ ।

साथै यसको एन लाइनमा भने वायरलेस कनेक्टिभिटी, डुअल–जोन क्लाइमेट कन्ट्रोल र ड्यासक्याम लगायत फिचर समेत उपलब्ध गराइएको छ । यस संस्करणको मूल्य १९ लाख ६४ हजार ३०० र २० लाख ९२ हजार भारु पर्छ

सम्बन्धित समाचारहरू

हुन्डाई कार किनेका पाण्डे जान पाउने भए वर्ल्ड कप फाइनल हेर्न कतार, गुरुङ र जिसी प्रस्थान

हुन्डाई कार किनेका पाण्डे जान पाउने भए वर्ल्ड कप फाइनल हेर्न कतार, गुरुङ र जिसी प्रस्थान

काठमाडौं – नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

हुन्डाईले हाइड्रोजन–इलेक्ट्रिक हाइब्रिड पावरट्रेनमा नयाँ स्पोर्टस कार ल्याउने

हुन्डाईले हाइड्रोजन–इलेक्ट्रिक हाइब्रिड पावरट्रेनमा नयाँ स्पोर्टस कार ल्याउने

हुन्डाईले गत वर्ष सार्बजनिक गरेको स्पोर्ट्स कार एन भिजन ७४ को कन्सेप्टलाई...

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

फेब्रुअरी २०२५ मा भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...