दुबई एयर शोमा उड्ने ट्याक्सी प्रदर्शन हुने, १,५०० कम्पनी सहभागी हुने

दुबईले आगामी नोभेम्बर १७ देखि २१ सम्म दुबई एयर शो २०२५ आयोजना गर्ने भएको छ । दुबई वर्ल्ड सेन्ट्रलमा आयोजना हुने यस प्रदर्शनीमा एक विशेष भर्टिपोर्ट लाउन्ज हुनेछ, जहाँ आगन्तुकले भविष्यको यात्राको प्रत्यक्ष अनुभव पाउनेछन्।

भर्टिपोर्ट भनेको त्यस्तो स्थान हो जहाँ उड्ने ट्याक्सीले उडान भर्ने र अवतरण गर्ने सुविधा पाउँछन् । यहाँ एयर ट्याक्सी सेवा पनि प्रदान गरिन्छ। यसै वर्ष दुबईले देशकै पहिलो व्यावसायिक भर्टिपोर्टको घोषणा गरेको थियो, जसलाई दुबई इन्टरनेसनल भर्टिपोर्ट नाम दिइएको थियो । आगामी वर्षदेखि यस भर्टिपोर्टमार्फत व्यावसायिक एयर ट्याक्सी सेवा सुरु हुने अपेक्षा गरिएको छ।

दुबई एयर शो २०२५ मा विश्वभरका १,५०० भन्दा बढी कम्पनी सहभागी हुनेछ भने २०० भन्दा बढी विमानहरू प्रदर्शित गरिनेछ। यस कार्यक्रमको मुख्य आकर्षण भनेको अर्को वर्षदेखि सुरु हुने इलेक्ट्रिक उड्ने ट्याक्सी सेवा हुनेछ। आयोजकले यो एयर शोले हवाई यातायातलाई नयाँ पहिचान दिने बताएका छन्।

भारतीय कम्पनी सरला एभिएसन र चिनियाँ कम्पनी ट्रान्सफ्युचर एभिएसनले पहिलो पटक दुबई एयर शोमा सहभागिता जनाउने भएका छन्। यसले उड्ने ट्याक्सी प्रविधिमा विश्वभर बढ्दो चासोलाई देखाएको छ। साथै, आर्चर एभिएसन, जोबी एभिएसन, अटोक्राफ्ट, एनान र वेफ्लाइ जस्ता कम्पनीले आफ्ना नयाँ विमान, बजार रणनीति र भविष्यका अवधारणाहरू प्रस्तुत गर्नेछन्।

दुबई एयर शो २०२५ लाई विश्व हवाई यात्रामा क्रान्तिकारी मोड ल्याउने अवसरका रूपमा हेरिएको छ, जहाँ उड्ने ट्याक्सीहरूले भविष्यको यातायात सिस्टमको प्रत्यक्ष झलक प्रस्तुत गर्नेछन्।

सम्बन्धित समाचारहरू

२०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपालमा

२०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपालमा

नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको...

भ-याङ प्रयोग गरेर चढ्न सकिने १४ मिटर लामो विश्वको सबैभन्दा ठूलो हम्मर एसयूभी

भ-याङ प्रयोग गरेर चढ्न सकिने १४ मिटर लामो विश्वको सबैभन्दा ठूलो हम्मर एसयूभी

हम्मर एसयूभी संसारको सबैभन्दा बलियो र शक्तिशाली एसयूभीको रूपमा चिनिन्छ र...

यस्तो छ टाटा कर्भ इभी कन्सेप्टबारे जान्नै पर्ने ५ भिन्न पक्ष

यस्तो छ टाटा कर्भ इभी कन्सेप्टबारे जान्नै पर्ने ५ भिन्न पक्ष

नेक्सन र टिगोरलाई इभी भर्सनमा उतारेर लोकप्रिय बनिरहेको टाटा मोटर्सले केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...