नेपालमै बनेको यात्री पी–१ मोटरसाइकल १० हजारमा बुकिङ गर्न सकिने
काठमाडौं – यात्री मोटरसाइकल्सले हालै सार्वजनिक गरेको पी–१ मोटरसाइकल १०...
विश्वभर हाई परफर्मेन्स भ्याकुम क्लिनर र रोबोट उत्पादन गर्ने चिनियाँ कम्पनी ड्रिम टेक्नोलोजीले अब अल्ट्रा-लक्जरी इलेक्ट्रिक सवारी साधन बजारमा आधिकारिक रूपमा प्रवेश गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो उद्देश्य बुगाटी जस्ता सुपरकार निर्मातासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने रहेको बताएको छ।
ड्रिम टेक्नोलोजीले आफ्नो पहिलो इलेक्ट्रिक हाइपरकार सन् २०२७ मा पेश गर्ने योजना बनाएको छ। सो कारलाई कम्पनीले बुगाटी भेरोनसँग प्रतिस्पर्धा गर्न सक्षम हुने दाबी गरेको छ।
रिपोर्टका अनुसार कम्पनीले सो महत्वाकांक्षी परियोजनाका लागि झण्डै १ हजारभन्दा बढी विशेषज्ञहरूको टोली तयार पारेको छ। यस टोलीमा स्मार्ट हार्डवेयर क्षेत्रमा अनुभव भएका प्राविधिकदेखि लिएर परम्परागत कार उद्योगमा दक्ष व्यक्तिहरू सम्मिलित छन्। ड्रिमले आगामी वर्षमा अझ बढी प्राविधिक सहयोगी समावेश गर्ने र अटोमोटिभ प्रविधिमा दीर्घकालीन लगानी गर्ने लक्ष्य बनाएको छ।
ड्रिमको हाइपरकार एआई सिस्टमले सुसज्जित हुनेछ। सो कारमा प्रयोग हुने एआई कम्प्यानियन सिस्टमले चालकको बानी, प्राथमिकता र भावनासम्म बुझ्न सक्ने क्षमता हुनेछ। यसको भ्वाइस सिस्टम परम्परागत मेसिन प्रतिक्रियाभन्दा फरक भएर मानिसजस्तै आवाजमा कुराकानी गर्न सक्षम हुनेछ। साथै, सो कार प्रयोगकर्ताको स्मार्ट होम सिस्टम र मोबाइल उपकरणसँग पनि जडान गर्न सकिनेछ।
ड्रिम टेक्नोलोजी एक समय शाओमी इकोसिस्टमको हिस्सा थियो । शाओमीको इलेक्ट्रिक कारको सफलताले नै ड्रिमलाई यो क्षेत्रमा प्रवेश गर्न हौसला दिएको हो।
काठमाडौं – यात्री मोटरसाइकल्सले हालै सार्वजनिक गरेको पी–१ मोटरसाइकल १०...
काठमाडौं – अटोमोबाइल हबको रुपमा परिचित नक्सालमा अब प्रिमियम ईभी...
सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तण गर्ने प्रविधिलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...