ब्याट्री आयातमा नयाँ कार्यविधिः सफा टेम्पु र विद्युतीय ब्याट्रीमा भन्सार तथा कर छुटको तयारी, दुरुपयोग रोक्न कडा कार्यविधि
काठमाडौँ – सफा टेम्पु तथा अन्य विद्युतीय सवारी साधनलाई थप प्रवद्र्धन...
काठमाडौं–जिनपेङको सानो र स्मार्ट कारले नेपाल भित्रिएको सुरुवाती समयमै निकै राम्रो चर्चा पाएको छ । जिनपेङको नेपालका लागि आधिकारिक वितरक ठाकुर मोटर्स नेपाल प्रालिले लिङवक्स ईसी०१ मोडलको मिनी विद्युतीय कारलाई हालै सम्पन्न नाडा अटो शोमा प्रदर्शनी गरेको थियो ।
नाडा अटा शोमार्फत नै औपचारिक बिक्री सुरु गरिएको यस नयाँ कारले सुरुवातमै राम्रो बुकिङ पाएको छ । कम्पनी स्रोतका अनुसार ६ दिनसम्म चलेको उक्त मेलामा यस नयाँ कारले १०२ युनिट बुकिङ पाएको हो । २० लाखभन्दा कम मूल्यमै आएका कारण लिङवक्स ईसी०१ लाई धेरैले रुचाएका हुन् ।
सिटी र प्रिमियम गरी दुई भेरिएन्टमा नेपाल आएको यस कारमा क्रमशः १९.२६ किलोवाट आवर र ३१.४५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । एकपटकको फुल चार्ज गरेपछि यसले २४० र ३४० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । कारले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्दछ । कारको मूल्य १९ लाख ९९ हजार र २४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । अटो शो विशेष अफरका रुपमा कम्पनीले दुबै भरिएन्टमा १ लाख छुट दिएको थियो ।

प्रिमियम फिचर र आरामदायी विशेषता भएको यस कारमा ४ जनाले यात्रा गर्न सकिन्छ । कारको ग्राउन्ड क्लिरियन्स २०० एमएम छ । लिङवक्समा १०.१ इन्च लामो कनेक्टिभिटी सुबिधा भएको आकर्षक टचस्क्रिन राखिएको छ । सुरक्षाका लागि यसमा एड्भान्स ब्रेकिङ सिस्टम र इन्टेलिजेन्ट कोलिजन डिटेक्सन जस्ता फिचर उपलब्ध छ ।
यस कारको लम्बाई ३५८४ एमएम, चौडाई १४७५ एमएम र उचाई १६१५ एमएम तथा ह्विलवेश २४५५ एमएम छ । प्रतिघन्टा १०५ किलोमिटरसम्मको उच्च गतिमा हाँक्न सकिने लिङवक्समा ३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले १०५ एनएम टर्क जनेरेट गर्दछ ।
जिनपेङ चीनको एक प्रतिष्ठित र पुरानो अटो निर्माता हो । यो कम्पनीले इलेक्ट्रिक कार सहित इलेक्ट्रिक रिक्सा, ट्राईसाइकल र मोटरसाइकल समेत उत्पादन गरी विश्व बजारमा निर्यात गर्दै आएको छ । यस कम्पनीबाट उत्पादन हुने सवारीसाधनको विभिन्न चरणमा परिक्षण हुने जनाइएको छ ।
हरेक उत्पादनको पर्फमेन्स, वाटर प्रुफ र ट्रायल ड्राइभिङ टेष्टपछि मात्रै बजारमा पठाइने कम्पनीको भनाई छ । जिनपेङको चीनमा मात्रै १४ वटा उत्पादन वेस छ भने विश्वभर १ करोड १५ लाख प्रयोगकर्ता छन् । कम्पनी सन् २००४ मा स्थापना भएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...