हेल्मेट नलगाउने राइडरले अव इन्धन नपाउने, बागमतीका मुख्यमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं–बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुई पाङ्ग्रे सवारीमा चालकले हेल्मेट नलगाएको पाइए इन्धन नदिन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार मातहतका निकायलाई निर्देशन दिँदै बानियाँले इन्धन लिन आएका सवारीका चालकले हेल्मेट नलगाएको अवस्थामा इन्धन नदिन निर्देशन दिएका हुन् ।

बागमतीमा बढ्दो सवारी र दुर्घटनालाई न्यूनीकरण गर्न हेल्मेटको प्रयोग अनिवार्य गर्नुपर्ने मातहतका निकायको राय, सुझावपछि बानियाँले ‘नो हेल्मेट, नो फ्युल’को नीति अबलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् ।

अभियान कार्यान्वयनका लागि नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन बागमती प्रदेशमा पत्राचार गर्ने, इन्धनका लागि हेल्मेट अनिवार्य अभियानको निगरानी गर्न÷गराउन जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायहरूमा पत्राचार गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन प्रदेशले सम्बन्धित निकायहरूसँग समन्वय गरी पेट्रोल पम्पहरूमा इन्धनका लागि हेल्मेट अनिवार्यको सन्देशमूलक बोर्ड (निश्चित आकार र त्यसभित्र रहने विषय र बोर्ड राख्ने स्थान यकिन निर्णय गरी) राख्ने व्यवस्था मिलाइने भएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...