अचम्म ! यो देशमा लाग्दै छ इलेक्ट्रिक सवारी साधनमा प्रतिबन्ध
स्विट्जरल्यान्डमा जाडो मौसममा ऊर्जाको कमीको कारणले ईभी सवारी साधनमा...
काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु कमर्सियलले एक कार्यक्रमका बिच नयाँ पिकअप ई–टुनल्यान्ड सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डमा जारी नाडा अटो शो २०२५ मा सो पिकअप सार्वजनिक गरिएको हो ।
ई–टुनल्यान्डमा ८८ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ३५० किलोमिटर रेन्ज दिन्छ । यसमा १३० किलोवाटको मोटर छ । टु ह्विल ड्राइभ अप्सनमा उपलब्ध सो पिकअपमा ८ वर्ष वा ४ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुने बताइएको छ । त्यसैगरी मोटरमा ५ वर्ष वा २ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुनेछ ।
सो पिकअपको बुकिङ समेत खुलेको छ । यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाडा अटो शो अफरको रुपमा १ लाख रुपैयाँ छुट हुनेछ ।
यसले टुनल्यान्डको हरित भविष्यतर्फको कदमलाई देखाउँछ। इन्धनरहित पिकअप ल्याएर टुनल्यान्डले वातावरणमैत्री विकल्प प्रदान गर्दैछ जसमा फोटोन टुनल्यान्डका गाडीहरूबाट सधैं अपेक्षा गरिने पावर र पर्फर्मेन्सका विशेषताहरू भने यथावत छन्।
नेपाली बजारमा फोटोन टुनल्यान्डका पिकअप पहिले पनि उपलब्ध छन् । यो भन्दा पहिले उपलब्ध फोटोन जी७ ले पनि अटो शोमा धेरैको ध्यान तानेको छ ।
स्विट्जरल्यान्डमा जाडो मौसममा ऊर्जाको कमीको कारणले ईभी सवारी साधनमा...
ओडिसी ब्रान्डको नयाँ इलेक्ट्रिक बाइक इभोकस नेपाली बजारमा भित्रिएको छ ।...
२०२६ जनवरी महिनामा भारतमा १ लाख १२ हजारभन्दा बढी इलेक्ट्रिक दुई पाङ्ग्रे...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...