रेनो बोरियल ७-सिटर एसयूभी भारतमा ल्याउने तयारी, टाटा र महिन्द्रासँग प्रतिस्पर्धा हुने
रेनोले भारतीय बजारमा नयाँ ७-सिटर एसयूभी बोरियल ल्याउने तयारी गरिरहेको छ।...
रेनोले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी काइगरको २०२५ मोडलको टिजर सार्वजनिक गरेको छ। कम्पनीले यसमा ठूला परिवर्तन गर्नेभन्दा पनि अवस्थित डिजाइनलाई परिष्कृत गर्ने र केही नयाँ सुविधाहरू थप्ने तयारी गरेको छ।
रेनो काइगर २०२५ मा नयाँ लाइम ग्रीन पेन्ट शेड देखाइएको छ । यसको अगाडि कम्पनीको नयाँ २डी डायमन्ड लोगो, नयाँ डिजाइन गरिएको ग्रिल, बम्पर र पातलो हेडलाइटसहितको एलईडी डीआरएल स्ट्रिप देख्न सकिन्छ। पछाडि भने नयाँ एलईडी टेल ल्याम्प र सी-आकारको टेल लाइटले यसको आधुनिक लुकलाई अझ बढी आकर्षित गरेको छ ।
यसको इन्टेरियरमा सफ्ट-टच मटेरियल र नयाँ अपहोल्स्ट्री टोन दिइने सम्भावना छ। ड्यासबोर्डमा हल्का परिवर्तनसहित ९ इन्चको नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुनेछ, जसले वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा दिनेछ। साथै, डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस चार्जिङ र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर समावेश हुने अपेक्षा गरिएको छ। सेफ्टीका लागि यसको सबै भेरिएन्टमा ६ वटा एयरब्याग उपलब्ध हुने सम्भावना छ।
यसमा १.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा ल्याउने सम्भावना छ । सो इन्जिनहरू म्यानुअल, एएमटी र सीभीटी ट्रान्समिसन विकल्पसहित उपलब्ध हुनेछ ।
नयाँ काइगरको मूल्य हालको मोडलभन्दा अलि बढी हुने अनुमान गरिएको छ। भारतीय बजारमा यसले मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, हुन्डाई भेन्यु र किया सोनेटजस्ता मोडलहरूसँग प्रतिस्पर्धा गर्नेछ।
रेनोले भारतीय बजारमा नयाँ ७-सिटर एसयूभी बोरियल ल्याउने तयारी गरिरहेको छ।...
कुनै समय भारतको सबैभन्दा रुचाइएको एसयूभी रेनाे डस्टर अब पुनः भारतीय...
काठमाडौं – नेपाली बजारमा रेनोको बहुप्रतीक्षित एसयूभी रेनो काइगर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...