अटो शोको सफलतालाई कारोबार रकमसंग मात्रै जोडेर हेर्नु हुँदैन : सुरेन्द्रकुमार उप्रेतीको अन्तर्वार्ता
सवारीसाधनको कुम्भ मेला नाडा अटो शो–२०२४ भोलीदेखी काठमाडौंमा आयोजना हुँदै...
काठमाडौं – विश्व प्रख्यात लन्च ब्रान्डको स्क्यानर नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा पञ्चकन्या मार्केटिङले सो लन्च स्क्यानर भित्र्याएको हो । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा सो लन्च स्क्यानर लन्च गरिएको छ ।
यसको पछिल्लो मोडल प्रो एसी लाइट हो । सो प्रो एसी लाइटले गाडीमा भएका कुनै पनि समस्या पहिचान गर्न सहयोग गर्छ । यसले एक प्रकारको डाइनामिक टुलको रुपमा कार्य गर्छ । यसका लागि आवश्यक सफ्टवेयर ३ वर्षका लागि निःशुल्क उपलब्ध हुन्छ । ग्राहककै नाममा सो सफ्टवेयर उपलब्ध हुने पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले बताए ।

भारतमा यसको मार्केटिङ टेक्नोमेटिक प्रालिले गरिरहेको छ । नेपालमा टेक्नोमेटिकको आधिकारिक पार्टनर पञ्चकन्या मार्केटिङ रहेको छ ।
त्यसैगरी टायरको उमेर र अन्य अवस्था जाँच्ने पोर्टेबल टुल समेत उपलब्ध पञ्चकन्याले उपलब्ध गराएको छ । हावाको मापन गर्ने डिभाइस पनि उपलब्ध छ ।
त्यसैगरी पञ्चकन्याले एप्पल इनर्जीको ब्याट्री चार्जर समेत उपलब्ध गराएको छ । लगभग सबै ब्रान्डका मोटरसाइकलमा उपलब्ध हुने ब्याट्रीका लागि यो चार्जर प्रयोग गर्न सकिन्छ ।

पञ्चकन्याले ग्यारेज अर्थात वर्कशपका लागि आवश्यक फ्युल इन्जेक्टर मेसिन र त्यसका लागि आवश्यक फ्लुइड समेत हालै नेपाली बजारमा उपलब्ध गराएको छ । फ्लुइड भने आफ्नै ब्रान्ड अर्थात ‘पञ्चकन्या’ ब्रान्डमा उपलब्ध गराएको छ ।

सिनानो इंक कम्पनीको न्युमेटिक टुल समेत हालै उपलब्ध भएको छ । जापनिज कम्पनी सिनानोका न्युमेटिक टुलको प्रयोग गरी वर्कशपमा मेकानिक्सहरुले गाडीमा भएका नट र अन्य पार्ट्स खोल्न सक्छन् । गुणस्तरीय र टिकाउ यी न्युमेटिक टुलको बिक्री पछिको सेवा समेत उपलब्ध गराउने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।

पञ्चकन्या मार्केटिङले विगत देखि नै आयल ल्युब सिस्टमका उपकरण बिक्री–वितरण गर्दै आएको छ । खासगरी दुई पांग्रे सवारी साधनका लागि आवश्यक वर्कशप निर्माण र प्रयोगका लागि आवश्यक धेरै उपकरण यो कम्पनीले उपलब्ध गराउँदै आएको छ ।
नेपाली बजारमा अब ईभीको प्रयोग समेत बढ्दै गएको सन्दर्भमा हाई भोल्टेज सेफ्टी सुज, इन्सुलेटेड प्यानल लगायतका उपकरण समेत कम्पनीले उपलब्ध गराएको छ ।
सवारीसाधनको कुम्भ मेला नाडा अटो शो–२०२४ भोलीदेखी काठमाडौंमा आयोजना हुँदै...
सरकारले विगत ७ महिनायता लगाउँदै आएको आयत प्रतिवन्ध पुष १ गतेबाट हट्ने भएको...
काठमाडौं– अटोमोबाइल व्यवसायीले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...