भारतमा ईभीको बिक्री दोब्बर नजिक, टाटा एक्लैको बजार हिस्सा ४२ प्रतिशत
काठमाडौं–भारतीय विद्युतीय कार बजारले सेप्टेम्बर २०२६ मा उल्लेखनीय...
काठमाडौं–नेपालमा विद्युतीय सवारी साधन प्रयोगलाई नयाँ उचाइमा पु-याउँदै आएको सिप्रदी ट्रेडिङ प्रालिले एक्सप्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले भृकुटीमण्डमा जारी नाडा अटो शो २०२५ मा लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्सप्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरलाई विशेष सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि सम्मान गरिएको जनाएको छ ।
एक्सप्रेस–टी ईभी विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो । स्वरोजगारी प्रवद्र्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...