भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न
काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा...
काठमाडौं –डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर विस्तार गरेको छ । ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न बौद्धस्थित पिपलबोटमा नयाँ सर्भिस सेन्टर विस्तार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं । यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका ग्राहकलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।’
नयाँ सेन्टरमा अत्याधुनिक उपकरणहरू र अनुभवी प्राविधिकहरू उपलब्ध छन्, जसले स्कुटरको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछ । ग्राहकले अब स्पेयर पाट्र्स, सर्भिस र मर्मतका लागि एउटै छानामुनि सुविधा पाउनेछन् ।
कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकलाई बिक्रीपछिको सेवाको दायरा फराकिलो बनाउने बताए । ‘भेष्पा अप्रिलियाका ग्राहकले अब आफ्नो स्कुटरको मर्मतका लागि सहजै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन्’ उनले भने ।
काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा...
भेष्पा एवं अप्रिलिया स्कुटरको नेपालका लागि आधिकाकिर वितरक एमभी दुगड...
पियाजियोले भारतमा नयाँ अप्रिलिया एसएक्सआर १२५ म्याक्सी स्कुटर लन्च गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...