फुटसल प्रतियोगितामा इन्जेक्टर समूह प्रथम, दोस्रो र तेस्रो स्थानमा टर्बो र सस्पेन्सन समूह

ललितपुर – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजनामा सम्पन्न चौथो संस्करणको फुटसल प्रतियोगितामा इन्जेक्टर समूह प्रथम भएको छ भने टर्वो समूहले द्वितीय स्थान र सस्पेन्सन समूहले तृतीय स्थान हासिल गरेको छ ।

गत शनिबार संघका संस्थापक अध्यक्ष भगतकृष्ण श्रेष्ठको स्मृतिमा सम्पन्न ‘भगतकृष्ण स्मृति फुटसल’ प्रतियोगितामा अटोमेकानिक्स व्यवसायी संघका सदस्यहरु आबद्ध ८ वटा समूह सहभागी थिए ।

ललितपुरको लगनखेलस्थित क्याम्पियन स्कुलको फुटसल ग्राउण्डमा आयोजित प्रतियोगिताको उद्घाटन फुटसल प्रतियोगिताका संयोजक फुलबहादुर लामा (माइला)को सभापतित्वमा भएको थियो । नेपाल अटोमेकानिक्स व्यवसायी संघका कार्यवाहक अध्यक्ष रामप्रसाद भट्टराई (डाल प्रसाद) र स्वर्गीय भगतकृष्ण श्रेष्ठका छोरा सुनिल श्रेष्ठले रेफ्री रवीन्द्र रिमाललाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले व्यवसायसँगै खेलकुदका गतिविधिमा आबद्ध हुनु राम्रो पक्ष रहेको बताइन् । प्रमुख अतिथि शाक्यले अटो मेकानिक्सहरुले आफ्नो पेशामार्फत दिन रात नभनी सवारी साधनमा भएको अरबौको लगानीलाई सुरक्षित गरेको छ भन्दै प्रशंसा गरिन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका निबर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले संस्थापक अध्यक्षको स्मृतिसँगै व्यवसायीहरुलाई खेलकुदमार्फत आपसी एकता र भाइचारा विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । अटोमेकानिक्स व्यवसायलाई व्यवस्थित गर्न स्थानीय तहको अहम भूमिका रहने बताउँदै यसमा सरकार र स्थानीय निकायले पनि ध्यान दिनुपर्ने उनले बताए ।

सम्बन्धित समाचारहरू

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनमा तुल्सीराम न्यौपानेको प्यानल विजयी

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनमा तुल्सीराम न्यौपानेको प्यानल विजयी

बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको अध्यक्षमा तुल्सीराम न्यौपाने...

अटोमेटिक क्लाइमेट कन्ट्रोल के हो ? यसको फाइदा र बेफाइदाहरु के के छन् ?

अटोमेटिक क्लाइमेट कन्ट्रोल के हो ? यसको फाइदा र बेफाइदाहरु के के छन् ?

अटोमेटिक क्लाइमेट कन्ट्रोल कारमा हुने विशेष सेफ्टी फिचर हो । के तपाईंलाई...

वाक्सी अटोको रोड शो कार्यक्रम सम्पन्न

वाक्सी अटोको रोड शो कार्यक्रम सम्पन्न

वाक्सी ब्रान्डको तीनपाङ्ग्रे अटोले अयोजना गरेको रोड शो कार्यक्रम देशका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...