९९ किलोवाटमै एमजी जेडएस ईभी, बुकिङ खुल्ला (मूल्य र फिचर सहित)
काठमाडौँ – एमजी गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट...
काठमाडौ– भृकुटीमण्डपमा आजदेखी सुरु नाडा अटो शो २०२५ मा नामीको विद्युतीय एसयूभी सार्वजनिक गरिएको छ । डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्नो वहुप्रतिक्षित विद्युतीय एसयूभी नामी०६ लन्च गरेको हो । यसअघि ह्यचाब्याक कार नामी०१ भित्र्याएर ईभी पारखीको विश्वास जितेको कम्पनीले एसयूभी सेग्मेन्टमा पहिलोपटक नामी०६ लन्च गरेको हो ।
नामी भिगो समेत भनिने नामी ०६ दुई भेरिएन्टमा उपलब्ध हुनेछ । त्यसमध्ये नामी ई२ भेरिएन्टको मूल्य ३७ लाख ९९ हजार र ई२ प्लसको मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाडा अटो शोका लागि यो विशेष मूल्य उपलब्ध गराइएको हो ।

डोङफेङको क्वान्टम आर्किटेक्चर ३ प्लेटफर्ममा बनेको यस नयाँ कारको क्याबिनमा मिनिमल डिजाइन स्टाइल दिइएको छ । कारमा १२.८ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम र ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ । साथै, प्यानारोमिक सनरुफ, एम्बियन्ट लाइट, ६ वटा स्पीकर, हिटेड भेन्टिलेटेड र मसाज सिट समेत पाउन सकिन्छ ।
कारमा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवर ब्याट्री प्याकको अप्सन दिइएको छ भने मोटर क्षमता ९९ किलोवाट छ । यस एसयूभीमा रहेको ब्याट्रीलाई ७ किलोवाटको एसी चार्जर र ६० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । डब्लुएलटिपीका अनुसार यस एसयूभीको रेन्ज ३०० र ३५० किलोमिटर छ ।
कम्पनीले आफ्ना निकटतम प्रतिस्पर्धीलाई आधार मानेर नयाँ मूल्य निर्धारण गरेको छ । नामी ०६ ले नेपाली बजारमा बीवाईडी एट्टो२, एमजी एस५, हुन्डाई क्रेटा र फरथिङ फ्राइडे एसयूभी लगायतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
काठमाडौँ – एमजी गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट...
काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...
चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले अर्को अल–इलेक्ट्रिक सेडान बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...