चीनले बनायो तेल र बिजुली बिना प्रतिघण्टा १५० किमीे गतिमा चल्ने ट्रेन
चीनले तेल र बिजुली बिना चल्ने रेल बनाएको छ । यो ट्रेन हाइड्रोजन इन्धनबाट...
चीनको सबैभन्दा ठूलो मध्ये एक अटो निर्माता जिली अटो होल्डिङले उत्पादन गरेको जिली ईएक्स५ नाडा अटो शो २०२५ मा लन्च भएको छ । काठमाडौंमा आजदेखि सुरु नाडा अटो शोमा ईएक्स५ सार्वजनिक गरिएको हो ।
नेपालका लागि जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले जिलीका २ मोडल ईएक्स५ प्रो र ईएक्स५ म्याक्सको बिक्री सुरु गरेको हो । जसको मूल्य क्रमशः ५८ लाख र ६८ लाख रुपैयाँ निर्धारण गरिएको छ । नाडा अटो शो २०२५ को अवसरमा विशेष छुटको रुपमा ३ लाख रुपैयाँ यसमा छुट उपलब्ध हुनेछ ।
ईएक्स५ को यी दुबै मोडलमा ६०.२ किलोवाट आवरको एलएफपी सर्ट ब्लेड ब्याट्री प्याक र १६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । ईएक्स५ ले एकपटकको फूल चार्जमा ५३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
इएएक्स५ को इन्टेरियरमा १५.४ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड र प्यानोरामिक सनरुफ लगायत विशेषता पाउन सकिन्छ । दुवै मोडलमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबिडी, ईएससी, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका फिचर छन् । दुवैमा इन्टिग्रेटेड स्मार्ट यूआई, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।
कम्पनीले भन्सार प्रयोजनका लागि ईएक्स५ प्रो को मूल्य ५८ लाख र ईएक्स५ म्याक्सको मूल्य ६८ लाख रुपैयाँ तोकेकोमा नाडा अटो शोमार्फत मूल्य घटाएर बिक्री सुरु गरेको हो ।
चीनले तेल र बिजुली बिना चल्ने रेल बनाएको छ । यो ट्रेन हाइड्रोजन इन्धनबाट...
गत महिना भारतीय बजारमा हिरो इलेक्ट्रिकले १० हजार बढी युनिट स्कुटर बिक्री...
काठमाडौं – विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...