दायुन ईभीका वारेमा चिनियाँ कम्पनीको स्पष्टिकरण, नेपाली बजारलाई थप सहयोगको प्रतिबद्धता (चिठीसहित)
चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी दायुनका वारेमा केही समय पहिले...
काठमाडौं – नाडा अटो शो २०२५ भोलि देखि प्रारम्भ हुँदैछ । सो अवसरमा स्काईवेल ईभीको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले ग्रान्ड स्किम लन्च गरेको छ ।
अटो शोमा स्काईवेल ईभी बुकिङ गर्ने ग्राहकको एक जोडी र दुई बालबालिकाका लागि युरोप टुरको अफर ल्याएको छ । त्यसैगरी प्रत्येक बुकिङ वापत डायमन्ड नेकलेस पाइने छ भने एक जना लक्की ग्राहकले रोलेक्स घडी पाउने छन् ।
स्काईवेलसँग पुरानो गाडी साट्न चाहने ग्राहकका लागि समेत स्पेसल एक्सचेन्ज बोनस ल्याएको कम्पनीको भनाइ छ ।
नेपाली बजामार उपलब्ध स्काईवेलको ईटी५ लङ रेन्ज भेरिएन्ट हो, जसको विक्री मूल्य १ करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, बीई११ को मूल्य ७९ लाख ९० हजार र ८९लाख ९० हजार पर्छ । बीई ११ ४१० र ५२० किलोमिटर रेन्जमा उपलब्ध छ । स्काईवेलका यी दुवै मोडल फुल साइज एसयूभी हुन् ।
चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अष्ट्रेलिया, मिडल इस्ट, रसिया सहित एसियामा समेत आफ्नो बलियो बजार साख सिर्जना गरिसकेको छ ı स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थको ब्रान्ड हो ।
चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी दायुनका वारेमा केही समय पहिले...
अमेरिकाको ओकल्यान्डमा अवस्थित १० लेन फ्रिवे र टर्मिनलको बीचमा...
काठमाडौं – नाडा अटो शो २०८१ मा विभिन्न ८ ब्रान्ड प्रदर्शन गरेको सीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...