दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपटक दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जानकारी दिएको छ ।

आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताएका हुन् । उनले भने, ‘इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम हाम्रोमा छ । यसपालीको दशैं तिहारमा ठ्याक्कै भाडा बढाउने योजना रहेको छैन,’ उनले भने ।

उनले व्यवसायीहरुलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढि हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए । उनले समितिमा मन्त्रालयको मातहतमा रहेका सडकहरु प्रदेश सरकारको निर्णयनुसार प्रदेशलाई हस्तान्तरण गर्ने बताए ।

‘पहिले यी सडक प्रदेशले हेर्नुपर्छ भनेर जबरजस्ती थुपारेको अवस्था थियो । अहिले उहाँहरुले निर्णय गरेपछि उहाँहरुलाई हस्तान्तरण गरेका छौ,’ उनले भने ।

सम्बन्धित समाचारहरू

गाडी थन्क्याएर यातायात व्यवसायीहरु सडकमा

गाडी थन्क्याएर यातायात व्यवसायीहरु सडकमा

काठमाडौं – सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध...

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग...

फ्लाईओभरको काम धमाधम हुँदै, जेठभित्रै सक्ने लक्ष्य

फ्लाईओभरको काम धमाधम हुँदै, जेठभित्रै सक्ने लक्ष्य

काठमाडौं । ग्वार्को चोकमा निर्माणाधीन फ्लाइ ओभरको काम करिब ५० प्रतिशत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...