नेपालका विशिष्ट महिलाहरु सम्बन्धी फोटो प्रदर्शनी हुने, भिन्टेज तथा क्लासिक गाडी प्रदर्शन हुने

काठमाडौं – सांस्कृतिक संग्रहालय नेपाल र नेपाल ओलम्पिक म्युजियमको आयोजनामा नेपालका विशिष्ट महिलाहरु शीर्षकको फोटो प्रदर्शनी हुने भएको छ । आगामी भाद्र २ देखि ५ सम्म काठमाडौंको बबरमहल स्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा सो प्रदर्शनी हुने भएको हो ।

यस अघि २०७४ मा पहिलो पटक यस प्रकारको प्रदर्शनी गरिएको थियो ।सो प्रदर्शनीमा नेपाली इतिहास देखि वर्तमान सम्मका लगभग ३ सय विशिष्ट महिलाहरुको ऐतिहासिक र दुर्लभ फोटोहरु प्रदर्शनी हुनेछ । सो अवसरमा भिन्टेज तथा क्लासिक गाडी समेत प्रदर्शन हुने छन् ।

नेपाली इतिहास, साहित्य, कला संस्कृति, विज्ञान र व्यवस्थापन सम्मका ऐतिहासिक र रोमाञ्चकारी फाटोहरु पर्गेल्ने अवसर दर्शकले पाउनेछन् । नेपाली समाज, राजनीति, कुटनीति देखि खेलकुद सम्मका अधिकांश प्रथम तथा रेकर्डधारी महिलाहरुको त्याग, समर्पण तथा भूमिका समेत सो प्रदर्शनीले उजागर गर्नेछ ।

विगत दशक देखि यस किसिमको प्रदर्शनी गर्दै आएको यस संग्रहालयले वीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, नारायण गोपाल, माओबादी जनयुद्धका दुइ दशक वारेमा तथा भिन्टेज तथा क्लासिक गाडीहरु समेत प्रदर्शनी हुनेछन् ।

गत असार १० गते देखि नै सो प्रदर्शनी गर्ने कार्यक्रम राखिएकोमा संस्थाका अध्यक्ष क्षितिज अरुण श्रेष्ठको अकस्मात र असामयिक निधन भएकाले सो प्रदर्शनी स्थगित भएको थियो । यस अनुसार तोकिएको मिति भन्दा झन्डै २ महिना पश्चात सो प्रदर्शनी सुरु हुन लागेको हो ।

सो प्रदर्शनी भाद्र २ गते ठिक १ बजे शुभारम्म हुनेछ भने अन्य तीन दिन विहान १० बजे देखि ५ बजेसम्म संचालन हुने आयोजकको भनाइ छ ।

नेपाली समाज, इतिहास र वर्तमानमा समेत गर्व गर्न लायक नेपाली विरांगानाहरुको यस किसिमको प्रदर्शनीमा तिनै ऐतिहासिक महिलाहरु समेत दर्शकको रुपमा पाउनु स्मरणीय हुनेछ ।

नासा फाउन्डेसन नेपालसँगको सहकार्यमा हुने र सेकुवा बाई किलो, हरिसिद्धि नेवा सुली, अननेके ब्युटी सलोन, फोटो किङ, जलपा वाटर्स, निम्बु पानी तथा एएस रेन्टल सर्भिसको सहयोग रहने छ ।

सो प्रदर्शनी आधुनिक नेपालमा महिलाको योगदान बारे बुझ्ने महत्वपूर्ण अवसर पनि हुनेछ ।

सम्बन्धित समाचारहरू

नेपालमै पहिलो पटक मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात, मार्शल तालिम सम्पन्न

नेपालमै पहिलो पटक मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात, मार्शल तालिम सम्पन्न

काठमाडौं – नेपालमा मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्सको क्षेत्रमा विगत एक...

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...

भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने

भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने

चितवन – भरतपुर महानगरपालिका भित्रका सार्वजनिक यातायात सुधारका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...