लद्दाखमा परीक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन ईभी, कठिन भूगोलमा भइरहेको परीक्षण
प्रिमियम मोटरसाइकल निर्माता रोयल इनफिल्डले विद्युतीय एडभेन्चर...
काठमाडौं–ग्रेटवाल मोटर्स (जीडब्लुएम)नेपालले पहिलो पटक आफ्नो विश्वप्रसिद्ध ट्यांक ब्रान्डका दुई नयाँ हाईब्रिड कार सार्बजनिक गरेको छ ।
हालै सम्पन्न नाइमा मोबिलिटी एक्सपोमा लन्च गरिएका यी एसयुभीको आगमानसंगै नेपाली बजारमा लक्जरी अफ–रोड अनुभवको नयाँ युग सुरुवात भएको कम्पनीको भनाई छ ।
कम्पनीले ७ सिटको लक्जरी एसयूभी ट्यांक ५००(पीएइभी) र ५ सिटको दमदार ट्यांक ३००(एचइभी) सार्वजनिक गरेको हो । यी दुबै मोडल अत्याधुनिक प्लग–इन हाइब्रिड र हाइब्रिड प्रविधिका हुन् । यी एसयूभीको मूल्य क्रमशः १ करोड ६० लाख र २ करोड १६ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
ट्यांक ब्रान्ड पहिलो पटक २०२१ मा चेङदु अटो शोमा सार्वजनिक भएको र २०२२ मा चीनमा लञ्च भएदेखि नै विश्वभर चर्चामा रहँदै आएको छ । अहिले यो इन्डोनेशिया, थाइल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्यूजिल्यान्डजस्ता बजारमा सफलतापूर्वक स्थापित भइसकेको छ ।
हालसम्म यसको विश्वव्यापी बिक्री करिब ४ लाख युनिट पुगेको छ । नेपालमा यसको आगमनलाई जीडब्लुएमको अफ–रोड संस्कृति विस्तार गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ ।
ट्यांकको नाममा रहेको टी ले ट्यांक, टेक्नोलोजी र ट्रेन्ड जनाउँछ भने युले युजर र युनाइटेडलाई दर्शाउँछ । यसले अत्याधुनिक इन्जिनियरिङ र मानवीय सम्बन्धको सम्मिश्रण गर्ने ब्रान्डको दृष्टिकोणलाई उजागर गर्छ ।
नेपालमा उपलब्ध ट्यांक ३०० र ट्यांक ५०० मा २.० लिटर टर्बो पेट्रोल एचइभीर पीएचइभी पावरटे«ेन जडान गरिएको छ । जसलाई ९–स्पीड अटोमेटिक ट्रान्समिसन (एचआई ४ टी) संग जोडिएको छ । ट्यांक ३००, एचइभीको पिक पावर ३५१ पीएस छ भने टर्क ६४८ एनएम छ । त्यसैगरी, ट्यांक ५०० पीएचइभीको पावर ४०८ र टर्क ७५० एनएम छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...