निसान म्याग्नाइटमा अब १० वर्षको विस्तारित वारेन्टी

निसानले आफ्नो लोकप्रिय एसयुभी म्याग्नाइटमा १० वर्षको विस्तारित वारेन्टि दिने भएको छ । निसानले केवल २२ पैसा÷किमी वा १२ रुपेयाँ प्रतिदिनको प्रभावकारी मूल्यमा १० वर्ष वा २ लाख किलोमिटरसम्मको नयाँ योजना ल्याएको हो । जसमा ३ वर्ष वा १ लाख किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी समावेश गरिएको छ ।

विस्तारित वारेन्टी योजनाहरूले पार्टपुर्जा, मर्मत र सम्बन्धित खर्चहरूको लागि व्यापक कभरेज प्रदान गर्ने जनाइएको छ । यसले ८ औं, ९ औं र १० औं वर्षको लागि इन्जिन र ट्रान्समिसन कभरेज प्रदान गर्दछ ।

१० वर्षको विस्तारित वारेन्टी केवल ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी भएका सवारी साधनहरूको लागि लागु हुने जनाइएको छ, जुन नयाँ म्याग्नाइटबाट सुरु हुन्छ । यो निजी स्वामित्वमा रहेका सवारी साधनहरूको लागि मात्र उपलब्ध हुनेछ ।

स्ट्यान्डर्ड वारेन्टीको म्याद सकिनु अघि कुनै पनि अधिकृत डिलर मार्फत विस्तारित वारेन्टी खरिद गर्न सकिनेछ । ग्राहकहरूले ३+७, ३+४, ३+३, ३+२, र ३+१ वर्षको लागि विकल्पहरू सहित विभिन्न योजनाहरू समेत छनौट गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

दशैमा कुन कार किन्ने ? यस्ता छन् विभिन्न ब्रान्डका कारमा उपलब्ध छुट र अफर

दशैमा कुन कार किन्ने ? यस्ता छन् विभिन्न ब्रान्डका कारमा उपलब्ध छुट र अफर

नेपालीहरुको महान चाड दशै प्रारम्भ भएको छ । फेस्टिभ सिजनको समयमा विभिन्न...

निसान म्याग्नाइट र लिफ भयो थप मंहगो, म्याग्नाइटमा १ लाखसम्म बढ्दा लिफमा बढ्यो ३ लाख रुपैयाँ

निसान म्याग्नाइट र लिफ भयो थप मंहगो, म्याग्नाइटमा १ लाखसम्म बढ्दा लिफमा बढ्यो ३ लाख रुपैयाँ

निसानको लोकप्रिय एसयूभी म्याग्नाइट र इलेक्ट्रिक कार लिफ थप महंगो भएको छ ।...

निसान म्याग्नाइट फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३४ लाख ७५ हजार

निसान म्याग्नाइट फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३४ लाख ७५ हजार

अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, अझ ‘बोल्डर’ डिजाइन र प्रिमियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...