डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नै प्रिमियम इलेक्ट्रिक भेइकल (ईभी) ब्रान्ड ‘भोया अटोमोबाइल’ मा ठूलाे लगानी गर्ने घोषणा गरेको छ। यो लगानी कम्पनीको स्वच्छ र स्मार्ट यातायात प्रवर्द्धन गर्ने प्रतिबद्धताको भागका रूपमा गरिएको हो।

डोङफेङ र भोया बीच भएको पुँजी वृद्धि सम्झौताअनुसार डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्टले करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ। यसले भोयाको गाडी उत्पादन, प्रविधि सुधार र बजार प्रतिस्पर्धात्मकता बढाउन मद्दत गर्नेछ।

लगानीपछि भोयाको स्वामित्व संरचना परिवर्तन हुनेछ। डोङफेङ मोटर ग्रुपको स्वामित्व ७९.६९ प्रतिशत पुग्नेछ, डीएफएएमको ३.३० प्रतिशत हुनेछ र बाँकी १७.०१ प्रतिशत अन्य सेयरधनीको हुनेछ। यसरी डोङफेङले कम्पनीमाथि आफ्नो नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास अघि बढाउनेछ।

भोया, डोङफेङको प्रिमियम ईभी ब्रान्ड हो, जसले स्मार्ट र वातावरणमैत्री सवारी साधन बजारमा ल्याउँदै आएको छ। विश्वभर इलेक्ट्रिक गाडीको माग तीव्र रूपमा बढ्दै जाँदा, भोयालाई डोङफेङको भविष्य योजनामा महत्वपूर्ण स्थान दिइएको छ।

नयाँ पूँजी अनुसन्धान तथा विकास, उत्पादन क्षमता वृद्धि, गाडीको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजार विस्तारमा प्रयोग गरिनेछ। यसले भोयालाई अन्य ठूला ईभी ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न थप बलियो बनाउने निगमको विश्वास छ।

डोङफेङका लागि यो लगानी नाफा मात्र होइन, दीर्घकालीन रूपमा हरित र स्मार्ट यातायात प्रणालीमा नेतृत्व गर्ने दिशामा उठाइएको कदम पनि हो। कम्पनीले भविष्यको ‘ग्रीन मोबिलिटी’ र स्मार्ट यातायात प्रणालीतर्फको रूपान्तरणमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ।

वैश्विक अटोमोबाइल उद्योगमा द्रुतगति परिवर्तन भइरहेका बेला, वातावरणमैत्री गाडीको रोजाइ बढ्दै गएको र विभिन्न मुलुकका नीति-नियमहरूले पनि यसलाई समर्थन गरिरहेको पृष्ठभूमिमा गरिएको यो लगानी, डोङफेङलाई आगामी गाडी बजारमा अझ मजबुत बनाउन सहयोग पुर्याउने कम्पनीको विश्वास छ।

यससँगै कम्पनीले उपभोक्ताले निकट भविष्यमै अझ स्मार्ट, भरपर्दो र वातावरणमैत्री सवारी साधनको अनुभव पाउने अपेक्षा गर्न सक्ने बताएको छ।

सम्बन्धित समाचारहरू

वैशाख महिनामा भित्रिए ५०४ विद्युतीय कार, १० महिनामा २ हजार ९५५

वैशाख महिनामा भित्रिए ५०४ विद्युतीय कार, १० महिनामा २ हजार ९५५

काठमाडौं – गत बैशाख महिनामा नेपालमा ५०४ विद्युतीय कार भित्रिएका छन् ।...

फागुन १८ देखि काठमाडौंमा एमएडब्लू  ईभी कार्निभल आयाेजना हुने

फागुन १८ देखि काठमाडौंमा एमएडब्लू ईभी कार्निभल आयाेजना हुने

काठमाडौं – नेपालमा दिपल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले...

लुयान स्कुटरले ल्यायो दशैं तिहार तथा छठ धमाका अफर

लुयान स्कुटरले ल्यायो दशैं तिहार तथा छठ धमाका अफर

काठमाडौं– लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक ‘जिरो इमिसन राइड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...