नाइमा मोबिलिटी एक्सपाेमा सोल्ड आउट भए यी गाडी र मोटरसाइकल

काठमाडौं–सोमाबार सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपाेमा राखिएका गाडीमध्ये ४ वटा प्यासेन्जर कार, एउटा भ्यान र बेनेलीको एक युनिट मोटरसाइकल सोल्ड आउट भएका छन् । नाइमामा राखिएका निसानको लिफ, सिट्रोन सी३, ईसी३ र लिपमोटर टी०३ कार सोल्ड आउट भएका हुन् भने दुईपांग्रेमा बेनेलीको सबैभन्दा महंगो ७५२ एस सोल्ड आउट भएको छ । त्यस्तै, कमर्सियल तर्फ निसानको अर्वान माइक्रोबस सोल्ड आउट भएको छ ।

नाइमामा निसान लिफमा २० लाख रुपैयाँ छुट दिइएको थियो । निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको लिफ नाइमामा ४४ लाख ९९ हजार रुपैयाँमै दिएको थियो । पायोनियरले अर्वान माइक्रोबसमा पनि भारी छुट दिएको थियो ।

लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले टी०३ मा ६ लाख रुपैयाँ छुट दिएको थियो । कम्पनीले ३४ लाख रुपैयाँमा बेच्दै आएको टी०३ नाइमामा २७ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएको थियो ।

त्यसैगरी, सिट्रोन सी३ मा पनि साढे ६ लाख रुपैयाँ छुट दिइएको थियो । सांग्रिला मोटर्सले ३६ लाख ५० हजार रुपैयाँमा बिक्री गर्दै आएको सी३ नाइमामा ३० लाखमै उपलब्ध गराएको थियो । दुईपांग्रे ब्रान्ड बेनेली ७५२ एसको मूल्य नेपाली बजारमा २५ लाख रुपैयाँ रहेको छ ।

सोल्ड आउट भएका यी कुनै पनि गाडी अब दशैंअघिसम्म डेलिभरी गर्न नसक्ने अवस्था रहेको बिक्रेताहरूले बताएका छन् ।

सम्बन्धित समाचारहरू

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौँ – लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको...

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ खुल्ला

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ खुल्ला

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

नाइमा मोबिलिटी एक्सपोमा सीएफमोटो र जिहोले अफरको वर्षा ल्याउने, २ मोडल लन्च हुने

नाइमा मोबिलिटी एक्सपोमा सीएफमोटो र जिहोले अफरको वर्षा ल्याउने, २ मोडल लन्च हुने

काठमाडौं – सीएफमोटो र जिहोको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...