सडक सुरक्षा सम्बन्धी समीक्षा बैठक सम्पन्न, मोरक्को सम्मेलन पश्चातको कार्य वारे जानकारी आदानप्रदान
काठमाडौ. – गत फेब्रुअरीमा मोरक्कोमा सम्पन्न सडक सुरक्षा सम्बन्धी...
काठमाडौं – अटोमोबाइल, दिगो सडक तथा सुरक्षित यातायातको क्षेत्रमा अध्ययन, अनुसन्धान, सैद्घान्तिक र प्राविधिक तालिम तथा स्किल ट्रान्सफर्मेसन जस्ता कार्यका लागि मोटरिङ एकेडेमीको सुरुवात गरिएको छ ।
गत साउन १७ र १८ गते काठमाडौंमा आयोजित ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ को अवसरमा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए)का उपाध्यक्ष ग्रेग क्राफ्ट, स्वदेशी तथा विदेशी विश्वविद्यालयका प्रतिनिधिहरु तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको उपस्थितिमा सो एकेडेमीको घोषणा गरिएको हो ।
मोटरिङ नेपाल तथा नेपाल अटोमोबाइल्स एसोसिएसनले अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (एफआईएम), अन्तर्राष्ट्रिय रोड फेडरेसन (आईआरएफ) तथा अन्तर्राष्ट्रिय पावरबोट युनियन (युआईएम) जस्ता अटोमोबाइल, सडक तथा यातायात श्रेत्रका अन्तर्राष्ट्रिय फेडरेसनहरुसँग समेत सहकार्य गर्ने गरी काठमाडौंमा ‘मोटरिङ एकेडेमी’ सुरु गरिएको हो ।
मोटरिङ एकेडेमीले इनोभेसन, रेसिङ, राइडिङ, ड्राइभिङ र टुरिङ सम्बन्धी सीप विकासलाई प्रवर्धन गर्ने, सुरक्षा बढाउने र मोटर स्पोट्र्सप्रतिको रुचि तथा उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । मोटरिङ एकेडेमीले सवारी साधन मर्मत, सुरक्षा र उन्नत ड्राइभिङ प्रविधि सम्बन्धी पाठ्यक्रमहरू सञ्चालन गर्नेछ, जसको उद्देश्य सडक दुर्घटना कम गर्नु र सवारी साधनको मर्मतसम्बन्धी सचेतना बढाउनु हो ।
रेसिङ अन्तर्गत यसको सीप विकास, सेफ्टी ट्रेनिङ, ट्यालेन्ट पहिचान र नेटवर्किङ लगायतका कार्य हुनेछ । मोटरिङ एकेडेमीले मोटरस्पोर्ट इन्जिनियरिङ, रेसिङका प्रविधि तथा रणनीति र उन्नत ड्राइभिङ प्रविधि सम्बन्धी विशेष पाठ्यक्रमहरू उपलब्ध गराउनेछ, जसको लक्ष्य प्रतिस्पर्धात्मक रेसिङमा सेफ्टी कल्चरलाई प्रोत्साहन गर्नु र ट्र्याकमा सहभागीहरुको सीप अभिवृद्धि गर्नु हो ।
ड्राइभिङ ट्रेनिङ अन्तर्गत व्यापक शिक्षा, लाइसेन्सको तयारी, अनुकूलित शिक्षा, सुरक्षित ड्राइभिङ प्रवर्धन लगायतका कार्य हुनेछ भने राइडिङ कोर्स अन्तर्गत राइडर सेफ्टी, टेक्निकल स्किल डेभलपमेन्ट, कम्युनिटी बिल्डिङ र उत्तरदायी ड्राइभिङ विकास लगायतका कार्य हुनेछन् ।
टुरिङ क्रियाकलाप अन्तर्गत अनुभव आदानप्रदान, सीप सुधार, सांस्कृतिक अन्वेषण, सामुदायिक सहभागिता लगायतका कार्य हुनेछन् ।
यी सबै कार्यका लागि एक व्यवस्थापन समिति रहने छ । व्यवस्थापन समितिको नेतृत्व ई. महेश अधिकारीले गर्नेछन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट एक जना, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) बाट एक जना, मोटरिङ नेपालबाट एक जना, एक जना विज्ञ सदस्य र एक जना व्यवस्थाक सहित ७ जनाको एक समिति रहने छ । यसले सम्पूर्ण नीतिगत, व्यवस्थापकीय र दैनिक कार्य सञ्चालन गर्नेछ ।

विश्वका अटोमोबाइल क्षेत्रमा एफआईए इन्स्टिच्युट तथा एफआईए फाउन्डेसन, एफआईएम एकेडेमी, युआईएम एकेडेमी लगायतका विभिन्न अध्ययन अनुसन्धानसँग सम्बन्धित संस्थाहरुले यो क्षेत्रमा कार्य गरिरहेको सन्दर्भमा नेपालमा प्रस्ताव गरिएको यो एकेडेमीले इनोभेसन, ड्राइभ टुरिजम, रेसिङ लगायतको संयोजन गर्नेछ ।
एकेडेमीको सुरुवातका लागि एफआईएमको पाँच हजार युरो सहयोग भएकोमा नेपाल अटोमोबाइल्स एसोसिएसनले ५० लाख बराबरको समाग्री सहयोग गर्ने जानकारी दिएको छ ।
विश्वमा अटोमोबाइल र यातायातको क्षेत्रमा संस्थागत रिसर्च हुन थालेको सय वर्ष भन्दा बढी भएको छ । इन्टरनेसनल रोड फेडरेसन, ट्रान्सपोर्ट रिसर्च बोर्ड, एलायन्स अफ अटोमोटिभ इनोभेसन, एसएई इन्टरनेसनल, फिसिटा, अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया जस्ता संघ संगठन निकै सक्रिय रहेका छन् ।
नेपालमा समेत काठमाडौँ विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान जस्ता एकेडेमिक संस्थाहरु तथा केही निजी क्षेत्रबाट समेत रिसर्च कार्य भएका छन् ।
एफआईए, एफआईए फाउन्डेसन तथा एफआईएम र तिनका सदस्यहरुले धेरै अध्ययन अनुसन्धान गरेका छन् । थुप्रै देशका अटोमोबाइल फेडरेसनहरुले समेत रिसर्च, डेभलपपेन्ट र इनोभेसनका लागि महत्वपुर्ण कार्य गरिरहेको छन् ।
नेपालको अटोमोबाइल क्षेत्रमा आवश्यक मात्रामा अध्ययन अनुसन्धान भएको छैन, त्यो चाहे नीतिमा होस् या प्रविधिमा, हार्डवेयरमा होस् या सफ्टवेयरमा । यही अवस्थालाई मध्यनजर गर्दै यस एकेडेमीको स्थापना गरिएको नासा नेपालले जनाएको छ ।
एकेडेमीको सचिवालय संचालन मोटरिङ नेपालले गर्नेछ, जुन नेपालको अटोमोबाइल क्षेत्रको एउटा सामाजिक संस्था हो र नेपाल अटोमोबाइल्स एसोसिएसनको एसोसिएट मेम्बर समेत हो ।
काठमाडौ. – गत फेब्रुअरीमा मोरक्कोमा सम्पन्न सडक सुरक्षा सम्बन्धी...
काठमाडौं – नेपाली इन्जिनियरिङ शिक्षामा प्रतिष्ठित मानिने कलेज काठमाडौं...
काठमाडौं – ए एन्ड एस इभेन्ट्स बाई जेनेसिसले पहिलो पटक काठमाडौंमा राइड विथ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...