याडिया किनेस इलेक्ट्रिक मोटरसाइकल नेपालमा, मूल्य ६ लाख ६० हजार

काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडिया किनेस इलेक्ट्रिक मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ ।

गतिका लागि बनेको र भविष्यका लागि डिजाइन गरिएको याडिया किनेस एक उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल हो, जसले शक्ति, चपलता र आधुनिक डिजाइनलाई एकैसाथ प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

यसमा रहेको मिड–ड्राइभ मोटरले ५.५ किलोवाट रेगुलर पावर र ११ किलोवाट अधिकतम पावर जेनेरेट गर्छ । यसकारण सडकमा यसको दमदार उपस्थिति रहन्छ ।

किनेसले अधिकतम १०० किलोमिटर प्रतिघण्टाको गति र ४५ किलोमिटर प्रतिघण्टाको क्रुज स्पिडमा १४० किलोमिटरको रेन्ज प्रदान गर्छ । यसकारण यो सहर तथा लामो दुरी दुवैको यात्राका लागि उपयुक्त छ ।

यो बाइकमा रहेका ७२ भोल्ट ३२ एएचका दुई वटा टर्नरी लिथियम ब्याट्रीहरुले लामो दुरीको यात्रा सहज बनाउछ । ब्याट्रीको लाइफ साइकल २ हजार चार्ज सम्मको हुन्छ र ५ देखि ६ घण्टामा फुल चार्ज हुन्छ ।

यसमा २८० एनएम टर्क, अगाडि र पछाडि सीबीएस सहितको डिस्क ब्रेक, १७ इन्चको ट्युबलेस टायर, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स, २० डिग्रीको उकालोमा चढ्न सक्ने क्षमता तथा १६ लिटरको अन्डर सिट बुट स्पेस लगायतका विशेषता रहेका छन् ।

यो इलेक्ट्रिक मोटरसाइकलको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ । याडिया किनेसमा २ वर्ष वा २० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ ।

नेपालभर रहेका याडिया शोरुमहरुमार्फत यो बाइकको बुकिङ समेत खुला गरिएको छ ।

सम्बन्धित समाचारहरू

कामा ईभी अव नेपालभर उपलब्ध, १४ स्थानमा सेल्स आउटलेट विस्तार

कामा ईभी अव नेपालभर उपलब्ध, १४ स्थानमा सेल्स आउटलेट विस्तार

काठमाडौं–चिनियाँ ईभी ब्रान्ड कामाले नेपालका विभिन्न स्थानमा सेल्स...

यस्तो हुनेछ सेकेन्ड जेनेरेसन किया निरो ईभी, सोल मोबिलिटी शोमा सार्वजनिक

यस्तो हुनेछ सेकेन्ड जेनेरेसन किया निरो ईभी, सोल मोबिलिटी शोमा सार्वजनिक

दक्षिण कोरियामा चलिरहेको सोल मोबिलिटी शोमा सेकेन्ड जेनेरेसन किया निरो ईभी...

नेपाल आउने भयो विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक गाडी निसान लिफ, टिजर सार्वजनिक

नेपाल आउने भयो विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक गाडी निसान लिफ, टिजर सार्वजनिक

काठमाडौं – विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक कारको पहिचान बनाएको निसान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...