एथरको फेमिली स्कुटर ‘रिज्टा’, मूल्य कति ?

काठमाडौं–एथरको वहुप्रतिक्षित विद्युतीय स्कुटर रिज्टा नेपाली बजारमा सार्बजनिक भएको छ । एथरको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जीले नाइमा मोबिलिटी एक्स्पोमा सो नयाँ स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले नेपाल ल्याएको नयाँ एथर रिज्टा फेमिली स्कुटर हो । हाल यसको टप भेरिएन्टमात्रै उपलब्ध रहेको र मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

भारतमा एथर रिज्टा तीन भेरियन्टमा उपलब्ध छ । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ । रिज्टा जेड ३.७ किलोवाट यसको टप भेरियन्ट हो । कम्पनीले अहिले टप भेरिएन्टमा बिक्री सुरु गर्ने जनाएको छ।

नेपालमा बिक्री सुरु भएको रिज्टा जेड मा ३.७ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । एक पटकको फुल चार्जमा १२५ किलोमिटरको रेन्ज दिने दाबी गरिएको यस स्कुटरको टप स्पिड भने प्रतिघण्टा ८० किलोमिटर रहेको छ ।

स्कुटरमा स्मार्ट नेभिगेसन, पार्क असिस्ट, इमरजेन्सी स्टप सिग्नल र फल सेफजस्ता सेफ्टी फिचर दिइएको छ । प्रमुख फिचरका रुपमा यसमा ट्रयाक्सन कन्ट्रोल समेत पाउन सकिन्छ ।

कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी तथा मोटर र अन्य मेकानिकल पार्ट्समा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले टर्कीमा नयाँ प्लान्ट बनाउने, १ अर्ब डलर लगानी गर्ने

बीवाईडीले टर्कीमा नयाँ प्लान्ट बनाउने, १ अर्ब डलर लगानी गर्ने

चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले टर्कीमा नयाँ प्लान्ट...

सन् २०२४ मा बीवाईडीले बेच्यो झन्डै ४३ लाख गाडी, बनायो नयाँ रेकर्ड

सन् २०२४ मा बीवाईडीले बेच्यो झन्डै ४३ लाख गाडी, बनायो नयाँ रेकर्ड

बीवाईडीले सन् २०२४ मा ४२ लाख ७२ हजार १४५ सवारी साधन बिक्री गरी रेकर्ड कायम...

एमभी दुगड ग्रुपले ल्यायो शक्तिशाली इन्डोनेसियन इलेक्ट्रिक स्कुटर, घिसिङले गरे सार्वजनिक

एमभी दुगड ग्रुपले ल्यायो शक्तिशाली इन्डोनेसियन इलेक्ट्रिक स्कुटर, घिसिङले गरे सार्वजनिक

काठमाडौं – एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...