नेपाली बजारमा भित्रियो अर्को कम मूल्यको सब–कम्प्याक्ट एसयूभी दायुन युइहु
काठमाडौं – नेपाली बजारमा सीजी मोटर्सले अर्को नयाँ ब्रान्डको ईभी...
काठमाडौँ – नेपालका लागि जिकर ईभीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नाइमा मोबिलिटी एक्सपो २०२५ को अवसरमा प्रिमियम इलेक्ट्रिक सवारी जिकर एक्सका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।
आगामी साउन २५ सम्म चल्ने नाइमा मोबिलिटी एक्सपो २०२५ मा सो गाडी ६९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुनेछ । हाल यसको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
यसका साथै, एक्सपो अवधिमा जिकर एक्स बुक गर्ने ग्राहकहरूले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी पनि प्राप्त गर्नेछन् ।
जिकर एक्समा २०० किलोवाटको मोटर पावर, लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), १९१ एमएम ग्राउन्ड क्लियरेन्स र ७ वटा एयरब्याग रहेका छन्, जसले यसलाई सुरक्षित र शक्तिशाली विद्युतीय सवारी बनाउछ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले जिकर एक्स ईभी अत्यन्तै आकर्षक मूल्यमा, सजिलो फाइनान्सिङ र विशेष छुटहरू सहित खरिद गर्न सक्नेछन्।
पायोनियर मोटोकर्पले सम्पूर्ण ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपो २०२५ मा उपस्थित भई नजिकको जिकर शोरूम भ्रमण गरी उक्त योजना अनुसारको फाइदा लिन अनुरोध गरेको छ ।
काठमाडौं – नेपाली बजारमा सीजी मोटर्सले अर्को नयाँ ब्रान्डको ईभी...
काठमाडौं– सीजी मोटर्सले नेपाली बजारमा नयाँ रिडारा आरडी६ इकोन ४X४...
काठमाडौं – नेपालमा एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले प्रि–अटो शो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...