नाइमा एक्सपोमा एमजीको वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक
काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५...
काठमाडौं – नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) को आयोजनामा गरिएको सवारी साधनहरुको मेला नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को शुभारम्भ भएको छ ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एक्सपो उदघाटन गर्दै अटोमोबाइल क्षेत्रमा नेपालले प्रगति गरिरहेको महसुस भएको बताए । उनले राजस्व माथि दवाव हुँदाहुँदै पनि नीतिगत स्थिरतालाई ध्यानमा राखी बजेटमा करको दर नबढाएको बताए । उनले व्यवसायीहरुको सहयोगमा नै बजेट कार्यान्वयन हुने अपेक्षा समेत गरे ।
उनले गुणस्तरीय सडक विना अटोमोबाइल क्षेत्रको विकास हुन नसक्ने हुँदा सरकारले यसलाई महत्व दिएको र त्यसतर्फ कार्य गरिरहेको बताए ।
पूर्व पश्चिम राजमार्गलाई एक्सप्रेस वेको रुपमा स्तरोन्नति गरिरहेको र हुलाकी सडक निर्माणलाई तीव्रता दिएको तथा देशभर नयाँ राजमार्गको विस्तारका लागि कार्य भइरहेको बताए ।

नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितुसिंह वैद्यले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको अटोमोबाइल क्षेत्रको नीतिगत स्थिरताका लागि पहल गर्ने उद्देश्यका साथ नाइमा गठन भएको जानकारी दिदै ४.७ प्रतिशत रोजगारी सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेलेको अटोमोबाइल क्षेत्रको योगदानलाई सबैले स्मरण गर्नुपर्ने बताइन् ।
वैद्यले एक्सपोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहने र ३५ भन्दा बढी नयाँ सवारी साधन लन्च गरिने जानकारी दिदै हरेक दिन अन्तरक्रिया र प्यानल डिस्कसनको समेत आयोजना गरिने बताइन् । प्रदर्शनी स्थल एक्सपोका लागि निकै नै साँघुरो भएका कारण आगामी दिनमा यसलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको औल्याउदै उनले सरकारसँग नयाँ प्रदर्शनी हल निर्माणका लागि आग्रह गरिन् ।

पाँच दिनसम्म सञ्चालन हुने एक्सपोमा ५० भन्दा बढी ब्रान्डहरूको सहभागिता रहनेछ । यसअन्तर्गत विभिन्न ब्रान्डका विद्युतीय सवारी (ईभी) हरू मुख्य आकर्षण बन्ने बताइएको छ । विभिन्न ईभी ब्रान्डले नाइमा एक्सपोका लागि नयाँ मोडल भित्र्याइसकेका छन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरु सार्बजनिक हुने नाइमाले जानकारी गराएको छ ।
मेलामा प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लिपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, ओमोडा/जेको, प्युजो, प्रोटोन, रेनो, फक्सवागन र जिकरको स्टल हुनेछ ।

यसैगरी, टु–ह्विलरतर्फ बजाज, होन्डा, रोयल इनफिल्ड, एम्पियर, एथर, बेनेली, सीएफ मोटो, गोगोरो, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, सेगवे–नाइनबोट, सुजुकी, ट्रयम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याडिया र जिहो सहभागी हुँदैछन् भने कमर्सियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, क्यारी, किङलङ र सनलङ ब्रान्ड सहभागी हुने छन् ।
यी वाहेक मेलामा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम र अन्य विभिन्न जानकारीमूलक कार्यक्रम हुनेछ ।
काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५...
काठमाडौं– नाइमा मोविलिटी एक्सपो २०२५ मा पारामाउन्ट मोटर्सले माज्दा...
काठमाडौं – टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...