बीवाईडी सिगल कि एट्टो १ ? मोबिलिटी एक्सपोमा लन्च हुँदै बीवाईडीको अझै कम मूल्यको ईभी

काठमाडौं – बीवाईडीको कम मूल्यको नयाँ ईभी भोलि लन्च हुने भएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सो ईभी भोलि देखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्नेछ ।

यद्यपि बीवाईडी सिगलको नाममा रहेको सो ईभी नेपालमा भने बीवाईडी एट्टो १ को नाममा उपलब्ध हुने सम्भावना समेत रहेको छ । साइमेक्स इंकले यसको वारेमा औपचारिक जानकारी सार्वजनिक गरेको छैन । सिगल वा एट्टो १ मध्ये एउटा नाममा सो ईभी सार्वजनिक हुनेछ ।

बीवाईडी सिगललाई अमेरिकी बजारमा डल्फिन मिनीको नाममा पनि बिक्री गरिन्छ । त्यसैगरी युके र युरोपमा डल्फिन सर्फ भनिन्छ । इन्डोनेसियमा यसलाई एट्टो १ भनिन्छ । यसै अनुसार नेपालमा पनि कुनै एउटा नाम हुन सक्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा उपलब्ध हुने बीवाईडी सिगल वा एट्टो १ मा ४५ किलोवाट मोटर रहेको छ । यसमा भएको ब्याट्रीले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार २८० किलोमिटर रेन्ज दिने बताइएको छ ।

६ एयरब्याग लगायतका विभिन्न फिचर रहेको यो कार हालै वर्ल्ड अर्वन कार अफ द इयर बनेको थियो ।

बीवाईडी सिगलले ओसन एस्थेटिक्स डिजाइन दर्शनलाई समेटेको छ, जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ। उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी(फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।

बीवाइडीले आफ्नो विद्युतीय ह्याचब्याक कार सिगललाई केहि समयअघि अपडेट गरेर २०२५ मोडल ल्याएको थियो ।

बीवाइडीको ई–प्लेटफर्म ३.० मा बनेको सिगलमा इलेक्ट्रिक एड्जस्टेवल ड्राइभर सिट, १०.१ इन्चको रेटेवल इन्फोटेन्मेन्ट सिस्टम र ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर राखिएको छ । साथै यसमा ओटीए अपडेट, चारवटा स्पीकर, भ्वाइस इन्ट्रिगेसन, इन–कार वाईफाई, फोरजी नेटवर्क र किलेस इन्ट्री जस्ता फिचर उपलब्ध गराइएको छ ।

बीवाईडीको सो नयाँ ईभी भोलि देखि भृकुटीमण्डमा सुरु हुने नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने बताइएको छ । सो ईभीको नेपाली बजारमा हाल उपलब्ध टाटा टियागो र वुलिङ बिंगो लगायतका ईभीसँग प्रतिस्पर्धा हुनेछ । यो नेपाली बजारमा उपलब्ध हुने बीवाईडीको सबैभन्दा कम मूल्यको ईभी हुने अनुमान गर्न सकिन्छ । यसको मूल्य र थप फिचर समेत एक्सपोमै सार्वजनिक हुनेछ ।

सम्बन्धित समाचारहरू

संसारकै उत्कृष्ट एडास प्रबिधि भएको एक्सपेङ जी६ अव नेपाली बजारमा

संसारकै उत्कृष्ट एडास प्रबिधि भएको एक्सपेङ जी६ अव नेपाली बजारमा

काठमाडौं– सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङलाई औपचारिक...

१० हजार नगद छुटमा राफ्ट इलेक्ट्रिक स्कुटर

१० हजार नगद छुटमा राफ्ट इलेक्ट्रिक स्कुटर

आइएमई इलेक्ट्रिकले नयाँ वर्ष–२०२३ लाई लक्षित गरी नगद छुटको अफर ल्याएको छ ।...

कुन हाइब्रिड कारले कसरी गर्छ काम ?

कुन हाइब्रिड कारले कसरी गर्छ काम ?

एड्भान्स फिचरले सुसज्जित हाइब्रिड कारले बढी माइलेज दिन्छ । हाइब्रिड कार ४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...