नाइमा अफर : केई एक्स३ प्रो ईभीमा ९ लाख छुट र अन्य सुविधा

काठमाडौं - केई ईभीको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले केई एक्स३ प्रो ईभीको फ्ल्यागसिप टप भेरिएन्टका लागि ‘केई बबाल अफर’ सार्वजनिक गरेका छन् ।

सो विशेष अफर अन्तर्गत सीमित समयका लागि भारी छुट र आकर्षक फाइदा उपलब्ध हुनेछ । यस अनुसार सो गाडी अब ३९ लाख ९६ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यसको वास्तविक मूल्य भने ४८ लाख ९६ हजार रुपैयाँ हो । यस अनुसार यो गाडीमा एकै पटक ९ लाख रुपैयाँ छुट उपलब्ध हुनेछ ।

यसका साथमा ग्राहकले ७.३ किलोवाटको चार्जर पाउनुका साथै ८ वर्षको वारेन्टी, ६ वर्षको सर्भिसिङ र स्पेयर टयर पाउने छन् ।

यो अफर नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ अवधिका लागि मात्र उपलब्ध हुनेछ । काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि सुरु हुने सो एक्सपोको स्टल ए२, हल एमा सो गाडी प्रदर्शित हुनेछ ।

केई एक्स३ प्रो ईभी भ्याल्यु फर मनीका लागि बेस्ट इन सेगमेन्ट एसयूभी मानिन्छ । यसमा १२० र ९९ किलोवाट मोटर छ । १८३ एमएम ग्राउन्ड क्लियरेन्स भएको सो ईभी एसयूभी स्लिक हुनुका साथै एड्भान्स्ड फिचरका साथ प्रिमियम डिजाइनमा उपलब्ध छ ।

लक्जरी र स्पेसियर इन्टेरियर, सुपेरियर ड्राइभिङ कम्फर्ट लगायतका विभिन्न फिचर यसमा रहेका छन् ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ मा अर्को नयाँ ईभी सार्वजनिक गर्ने एमएडब्लु वृद्धिको संकेत

नाडा अटो शो २०२४ मा अर्को नयाँ ईभी सार्वजनिक गर्ने एमएडब्लु वृद्धिको संकेत

काठमाडौं – प्रविधि र डिजाइनका कारण छोटो समयमै नेपाली इभीप्रेमीको...

ईभीमा कर यथावत राखेर ठीक गरेँ : अर्थमन्त्री पौडेल

ईभीमा कर यथावत राखेर ठीक गरेँ : अर्थमन्त्री पौडेल

काठमाडौं–अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारीसाधनको...

टाटाका शोरूमहरूमा ‘मनसुन म्याजिक’ सुरू, इन्धनका गाडीसँग विद्युतीय गाडी साट्न पाइने

टाटाका शोरूमहरूमा ‘मनसुन म्याजिक’ सुरू, इन्धनका गाडीसँग विद्युतीय गाडी साट्न पाइने

काठमाडौँ – साउन ८ गते (सोमबार) देखि नेपालभरिका टाटा शोरूमहरूमा ‘मनसुन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...