नेपालमा देखियाे नामी ०६ ईभी, नाडा अटाे शाेमा सजाउने तयारी

काठमाडौं - नेपालमा नयाँ ईभी नामी ०६ उपलब्ध भएकाे छ । साे ईभी हाल विभिन्न स्थानमा देखिएकाे छ ।

नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धिले साे ईभी नेपाल भित्र्याएको हाे । कम्पनीले आधिकारिक रुपमा यस वारेमा जानकारी सार्वजनिक गरेकाे छैन । यद्यपि केही समय परीक्षण पश्चात आगामी नाडा अटाे शाे २०२५ मा यसलाई प्रदर्शन गर्ने बताइएको छ ।

केही समय पहिले नामी ०६ काे मूल्य भन्सार प्रयाेजनका लागि सार्वजनिक भएकाे थियाे ।

यसको मूल्य क्रमशः ५७ लाख ९९ हजार, ६० लाख ९९ हजार र ६२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसकाे मूल्य भने याे भन्दा कम हुने अनुमान गरिएको छ ।

कारमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ ।

नामी ०६ को ई१ र ई२ मा ४४.९४ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध हुनेछ भने ई३ मा ५१.८७ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ ।

सम्बन्धित समाचारहरू

तीन महिनामा बीवाईडीले बिक्री गर्यो २ लाख ६४ हजार ईभी, ८७ प्रतिशतले वढ्यो बिक्री

तीन महिनामा बीवाईडीले बिक्री गर्यो २ लाख ६४ हजार ईभी, ८७ प्रतिशतले वढ्यो बिक्री

चीनीयाँ इभी जायन्ट बीवाईडीले यो वर्षको पहिलो तीन महिनामा कुल २ लाख ६४ हजार...

रत्नपार्कमा राखियो विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन

रत्नपार्कमा राखियो विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कको कार्यालयमा चार्जिङ स्टेशन राखेको...

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

काठमाडौं – नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...