रोयल इन्फिल्डद्वारा दुर्लभ अर्थ म्याग्नेटको संकट समाधान गर्दै उत्पादन पुनः सुरु

राेयल इन्फिल्डले चीनको दुर्लभ अर्थ म्याग्नेटको निर्यात प्रतिबन्धले रोयल इन्फिल्डको बाइक उत्पादनमा पारेको असरलाई पार लगाएको छ। यो प्रतिबन्धले विशेष गरी पहिलो त्रैमासिकमा हिमालयन, स्क्र्याम र गुरिल्ला जस्ता बाइकको एसेम्बलीमा अवरोध पुर्‍याएको थियो। तर, कम्पनीले वैकल्पिक सामग्रीको प्रयोग गरी यो संकटको समाधान गरेको छ।

आइसर मोटर्सका प्रबन्ध निर्देशक बी. गोविन्दराजनका अनुसार कम्पनीले यो संकटको सामना गर्न पहिल्यैदेखि तयारी थालेको थियो। उनले त्रैमासिक वित्तीय नतिजापछि आयोजित कलमा भने, “हामीले तीन-चार महिनाअघि नै दुर्लभ अर्थ म्याग्नेटको विकल्प खोज्न सुरु गरेका थियौं। अहिले त्यो सामग्री उपलब्ध गराउन गाह्रो छैन।”

आइरले सम्भावित संकटको समाधान खोजेको छ र रणनीति अनुसार कार्यान्वयन गर्दै अहिले स्थिति नियन्त्रणमा ल्याउन सफल भएको छ।

मोटर र इलेक्ट्रिक सवारी साधनमा दुर्लभ अर्थ म्याग्नेट अत्यन्त आवश्यक हुने गर्छ। विश्वभरि यस्ता चुम्बकको ९० प्रतिशत उत्पादन चीनबाट हुने गर्छ। जब चीनले यसको निर्यातमा प्रतिबन्ध लगायो, तब विश्वव्यापी अटो उद्योग प्रभावित भएको थियो।

भारतका अन्य दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी पनि यसबाट प्रभावित भएका थिए र अहिले ती कम्पनी पनि विकल्प खोज्न सक्रिय भएका छन्। टीभीएस मोटरले पनि वैकल्पिक समाधान खोजिरहेको छ। त्यस्तै, ओला इलेक्ट्रिकले पहिले नै दुर्लभ म्याग्नेट-मुक्त प्रविधिको मोटर विकास गरिसकेको छ, जुन डिसेम्बर त्रैमासिकदेखि सवारी साधनमा प्रयोगमा ल्याइने बताइएको छ।

सम्बन्धित समाचारहरू

रोयल इनफिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट राइड र बुकिङ सुरु

रोयल इनफिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट राइड र बुकिङ सुरु

पोखरा – रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा...

रोयल इन्फिल्ड इन्डियाको स्लाइड स्कुल रेसिङ ट्रेनिङमा सहभागी भए दिपेश

रोयल इन्फिल्ड इन्डियाको स्लाइड स्कुल रेसिङ ट्रेनिङमा सहभागी भए दिपेश

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभमा...

कस्तो हुनेछ रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल ? भारतमा पेटेन्ट डिजाइन दायर

कस्तो हुनेछ रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल ? भारतमा पेटेन्ट डिजाइन दायर

रोयल एनफिल्डले भारतमा आफ्नो फ्लाइङ फ्ली एस६ स्क्र्याम्बलरको डिजाइन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...