एथर रिज्टा नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने, यस्तो छ विशेषता

काठमाडौं–एथरको वहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर यहि साउन २१ देखी सुरु हुने नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने भएको छ । एथर इनर्जीको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले भारतमा सर्बाधिक रुचाइएको पारिवारिक इलेक्ट्रिक स्कुटर एथर लन्च गर्ने जनाएको हो ।

रिज्टा भारतभर स्मार्ट मोबिलिटीको परिभाषा नै परिवर्तन गरिसकेको स्कुटर हो । यो स्कुटर आधुनिक प्रविधि, शक्तिशाली प्रदर्शन, पारिवारिक सुरक्षासहितको डिजाइन, र स्मार्ट कनेक्टिभिटी सुविधायुक्त छ । विशेषगरी नेपाली परिवारलाई लक्षित गरेर डिजाइन गरिएको रिज्टा केवल स्कुटर मात्र नभई दिगो र स्मार्ट यात्राको भविष्य पनि हो ।

वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यका अनुसार रिज्टा केवल एक स्कुटरमात्र नभएर यो स्मार्ट मोबिलिटीको उपयुक्त समाधान हो, जसले धेरै नेपालीको आवश्यकतालाई सरल, सुरक्षित र भविष्यमुखी बनाउनेछ । ‘यस स्कुटरमार्फत हामी नेपालको स्मार्ट ट्रान्सपोर्ट क्रान्तिमा नेतृत्व गर्न चाहन्छौं’ उनले भने ।

एथर ररज्टा विभिन्न भेरियन्ट र आकर्षक रङहरूमा उपलब्ध हुनेछ, जसमा उच्च क्षमताको मोटर, लामो दूरी यात्रा गर्न सक्ने ब्याट्री, फराकिलो स्टोरेज र स्मार्ट कनेक्टिभिटी जस्ता सुविधाहरु पाइनेछ । साथै, यस स्कुटरमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४–लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन र डिस्क ब्रेक जस्ता अन्य थुप्रै फिचर उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

टेस्ला साइबरट्रकलाई टक्कर दिन जीएसीले नयाँ पिकअप ल्याउने

टेस्ला साइबरट्रकलाई टक्कर दिन जीएसीले नयाँ पिकअप ल्याउने

चिनियाँ अटो निर्माता जीएसीले हालै सम्पन्न सांघाई मोटर शोमा आफ्नो नयाँ...

फरथिङ फ्राइडे ईभी बुकिङ गर्दा आइफोन १७ प्रो प्राप्त गर्न सकिने, यस्तो छ अन्य फाइदा

फरथिङ फ्राइडे ईभी बुकिङ गर्दा आइफोन १७ प्रो प्राप्त गर्न सकिने, यस्तो छ अन्य फाइदा

काठमाडौं–फरथिङ ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले...

सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने

सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने

सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना कारमा ठूला परिवर्तनहरू ल्याइरहेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...