सोलार प्यानल जडित इलेक्ट्रिक एसयूभी लन्च हुने, वार्षिक २४१४ किमी रेन्ज दिने
अमेरिकी कम्पनी फिस्करले आफ्नो स्पेशल एडिशन ओशियन इलेक्ट्रिक एसयूभी...
काठमाडौं – एलएस अटोका नयाँ मोडलका दुई ईभी नेपाल भित्रिएका छन् । नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरले यी ईभी मोडल नेपाल भित्र्याएको हो ।
एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचव्याक र अल ह्विल ड्राइभका दुई मोडलहरु नेपाल आइपुगेका हुन् ।
आगामी साउन २१ बाट शुरु हुने नाइमा मोबिलिटी एक्सपोमा नेपाल भित्रिएका यी दुई मोडल एलईभी०५ र एलईभी एक्स प्रदर्शन हुनेछन् ।
एलईभी०५ एक प्रिमियम ह्याचव्याक कार हो । यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । ७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४०० किलोमिटरको रेन्ज आरामले दिने कम्पनीले दावी गरेको छ ।
त्यस्तै एलईभी एक्स एक अल ह्विल ड्राइभ क्रसओभर एसयूभी हो । यस अघि नेपालमा बिक्री भइरहेको एलईभी वानको अल ह्विल ड्राइभ भर्सन एलईभी एक्स मा ७७ किलोवाट आवरको व्याट्री प्याक र १९८ किलोवाटको मोटर रहेको छ । यो एसयूभीले ५५० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभी अल ह्विल ड्राइभ भएसँगै जस्तोसुकैै बाटोहरुमा समेत आरामले चलाउन सकिने भएको छ । कम्पनीका अनुसार एलईभी वानमा भन्दा अल ह्विल ड्राइभ एलईभी एक्समा क्याविनका केही फिचरहरु समेत अपडेट भएका छन् ।
यी कारको मूल्य भने नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको बताएको छ ।
अमेरिकी कम्पनी फिस्करले आफ्नो स्पेशल एडिशन ओशियन इलेक्ट्रिक एसयूभी...
विद्युतीय कारमा के तपाईंको रुचि छ ? हुनसक्छ, तपाईंले आफ्नो अर्को कार...
काठमाडौं – तपाई दिपल एस०५ ईभी किन्ने योजनामा हुनुहुन्छ भने अहिले तुरुन्तै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...