नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार
चिनियाँ अटोमोबाइल कम्पनी हेनरीका गाडीहरू मध्ये एक नयाँ मोडल भोल्ट्स सी...
सवारी साधन आयात र उत्पादन गर्ने व्यवसायी मिलेर गठन भएको नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याचरर्स एसोसिएसन (नाइमा) ले यही साउन २१ गतेदेखि नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ आयोजना गर्दैछ । नाइमा गठन भएपछि पहिलोपटक आयोजना हुन गइरहेको नेपाल मोबिलिटी एक्सपो नेपालमा आयोजना भएका यसअघिका अटो शोको तुलनामा हाल सम्मकै भब्य र व्यवस्थित हुने उक्त संस्थाकी अध्यक्ष रितुसिंह वैद्यले दाबी गरेकी छिन् ।
प्रस्तुत छ, अटो एक्सपो र अटोमोबाइल बजारको पछिल्लो अवस्था बारे नाइमा अध्यक्ष रितुसिंह वैद्यसँग गरिएको कुराकानीको सारसंक्षेप :
नाइमा गठन भएलगत्तै अटो एक्सपो आयोजना गर्ने घोषणा गर्नुभयो र अहिले त्यसलाई सम्पन्न गर्ने चरणमा हुनुहन्छ, तयारी कस्तो छ ?
नाइमा, सवारीसाधन आयात र उत्पादन गर्ने व्यवसायीको संयुक्त पहलमा गठन भएको संस्था हो । यस संस्थाको मुख्य उद्देश्य व्यवसायीको हकहित र संरक्षण गर्नु नै हो । नेपालको समग्र मोबिलिटी क्षेत्रलाई दिगो र प्रभावकारी बनाउन नीतिगत तहमै प्रभाव पार्नेगरी हामी अघि बढिरहेका छौ ।
नाइमा गठन भएलगत्तै हामीले पहिलो महत्वपूर्ण कार्यक्रमका रुपमा मोबिलिटी एक्सपो आयोजना गर्ने घोषणा ग¥यौ र हाल त्यसलाई सफलतापूर्वक सम्पन्न गर्ने चरणमा छौ । हामीले आयोजना गर्ने एक्सपो विगतमा भएका अटो शोको तुलनामा एकदमै पृथक र व्यवस्थित हुनेछ । हामी सवारीसाधनको प्रर्दशनीसँगै, अटोमोबाइल क्षेत्रमा विकास भएका पछिल्ला प्रविधि र यस क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत विषयहरुमा बहस समेत गर्दैछौ । जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरु समेत सहभागी हुनेछन् ।
एक्सपोमा सहभागी हुने ब्रान्ड र तिनले लन्च गर्ने नयाँ सवारीसाधानका वारेमा बताइदिनुस् न ।
नाइमा एक्सपोमा टु–ह्विलर, फोर–ह्विलर र कमर्सियल भेइकल बिक्री गर्ने कम्पनीहरु मात्र सहभागी भएका छन् । यस हिसावले नेपालमा बिक्री हुने प्रायः सबैजसो प्यासेन्जर कार ब्रान्ड, मोटरसाइकल तथा स्कुटर र कमर्सियल भेइकललाई नाइमा एक्सपोमा देख्न सकिनेछ । यी सबै गरेर कुल ५० ब्रान्ड सहभागी हुँदैछन् भने तिनले ३५ वटा नयाँ मोडल लन्च गर्दैछन् ।
नाइमा मोबिलिटी एक्सपो अवलोकन गर्न आउने दर्शकले यसपटक अन्तर्राष्ट्रिय स्तरको अनुभव गर्न पाउनेछन् । यद्यपि मेला स्थलको अभावका कारण हामीले चाहदा चाहदै पनि अहिलेकै पूर्वाधारका कारण अटो एक्सपोलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सम्भव छैन । स्टल त हामीले अन्तर्राष्ट्रिय स्तरकै बनाएका छौ ।
एक्सपो अयोजना हुने स्थल भृकुटीमण्डपस्थित प्रदर्शनी हललाई हामीले पुरै नयाँ स्वरुपमा तयार पार्दैछौ । हरेका स्टललाई एकदमै फराकिलो स्पेस दिएका छौ, जसले गर्दा उनीहरुले आफ्नो गाडीलाई सहजताका साथ सोकेस गर्न पाउनेछन् ।
एक्सपो स्थललाई व्यवस्थित र दर्शकले सहजताका साथ अवलोकन गर्न मिल्ने गरी नयाँ के गर्दै हुनुहुन्छ ?
नाइमा मोबिलिटी एक्सपोमा यसपटक धेरै नयाँ कुरा हुँदैछ । पहिलो कुरा त हामीले उदघाटन कार्यक्रम नै पुलिस क्लवमा गर्न गैरहेका छौ । एक्सपो उदघाटन भए पछिको पहिलो दिन मिडियाका लागि छुट्याएका छौ । पहिलो दिनमै ३५ भन्दा बढी नयाँ सवारीसाधन लन्च हुनेछन् ।
पुलिस क्लवमा २५० भन्दा बढी कार पार्किङ गर्न सकिने व्यवस्था मिलाएका छौ । पठाओ चढेर आउने दर्शकका लागि ३० प्रतिशत छुट, वर्षातलाई मध्यनजर गरी स्टललाई पुरै कभर गरेका छौ, हिटिङ र कुलिङ सुबिधा राखका छौ । अपाङ्गमैत्री, प्रेसका लागि विशेष सुबिधा दिएका छौ । एनसेलले एउटा टावर नै राखेको छ । कफि सप, फुड कोर्ट लगायत सबै छ । मेला स्थलबाटै सवारीसाधन खरिद गर्न चाहनेका लागि बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता छ । हरेक दिन मोबिलिटी संवाद आयोजना गर्दैछौ ।
नाइमा गठन भएको तीन महिना पुरा भएको छ र यस अवधिमा बजेट र मौद्रिक नीति सार्वजनिक भए । ती दुबै कार्यक्रममा नाइमाले उठान गरेका के–कस्ता विषयहरु समावेश गरिए ?
ईभीमा लाग्दै आएको करलाई नचलाउन आग्रह गरेका थियौ, त्यो पुरा भयो । आइसीई र हाइब्रिडमा राज्यको प्राथमिकता नभएकाले यसमा केही भएन । मौद्रिक नीतिमा केही सम्वोधन भएन । हामीले लोन–टु–भ्यालु रेसियो घटाउन माग गरेका थियौ तर त्यसमा मौद्रिक नीति मौन रह्यो । तर पनि अहिले बैंकहरुको व्याजदर कम भएकाले यसले पनि एक प्रकारको राहत भने दिएको छ ।
नाइमा गठन भएसँगै तपाईंहरुले हाइब्रिड कारमा कर घटाउनु पर्छ भनेर बहस नै चलाउनु भएको थियो, तर त्यसलाई त राज्यले नजरअन्दाज गरिदियो नि ?
आजका दिनमा विश्वकै अटोमोबाइल बजारमा हाइब्रिड गाडीको बजार उच्च दरले वृद्धि भइरहेको छ । चीन देखि अमेरिका र जापानसम्मको कुरा गर्ने हो भने पनि ती देशमा हाइब्रिड कारको माग उच्च देखिन्छ । हाम्रै नजिकको छिमेकी देश भारतमा समेत पछिल्लो समय हाइब्रिड कारको माग निकै बढ्न थालेको छ ।

ईभीको आफ्नै विशेषता होला तर हाम्रो जस्तो भौगोलिक वनावट भएको देशमा हाइब्रिड कारले अझै प्रभावकारी भूमिका खेल्न सक्छ । हाइब्रिड कार वातावरणमैत्री हुनुको साथै पावर र पर्फमेन्सका सवालमा समेत एकदमै उत्कृष्ट विकल्प हो । सोही विषयलाई मध्यनजर गरी टोयोटा जस्तो ब्रान्डले समेत अहिले हाइब्रिड मोडलको विकासमा आफ्नो ध्यान केन्द्रित गरेको छ भने ईभीका नामले चर्चित बीवाईडी लगायत चीनका अन्य न्यु इनर्जी भेइकल ब्रान्डले समेत हाइब्रिड कारमा फोकस बढाउन थालेका छन् ।
सायद अहिले राज्यको ध्यान ईभीमा मात्रै केन्द्रित भएकाले होला, हाइब्रिड कारमा खासै नजर पुग्न सकिरहेको छैन । तर पछि विस्तारै, हाइब्रिड कारको बजार नेपालमा विस्तार भएरै छाड्छ । हाइब्रिड कारको महत्वलाई अहिले सरकारले बुझ्न नै चाहिरहेको छैन ।
नेपालमा ईभी ब्रान्डको बढ्दो उपस्थितिलाई तपाईले कुन रुपमा लिनु भएको छ ? यस विषयमा नाइमाको आधिकारिक धारणा के छ ?
नेपालमा ईभीको बजार विस्तार हुनु एकदमै सकारात्मक छ । राज्यकै प्राथमिकतामा परेका कारण ईभीको बजार बढ्दो क्रममै पनि छ । ईभीलाई प्रोत्साहन गर्न सरकार नै लागिपरेको र कर कम भएका कारण यस्ता गाडी आईसीईको तुलनामा धेरै सस्तो समेत छन् । जसका कारण अहिले नेपालमा धेरैले गाडी चढ्न पाएका छन् । यो एकदमै सकारात्मक विषय हो ।
तर, ईभीको बजार विस्तार भएको देखेर कमसल गुणस्तरका ईभी पनि आयात गरिनु चाँहि राम्रो भइरहेको छैन । यसरी आयात हुने ईभीको गुणस्तर मापन गर्ने स्पष्ट मापदण्ड नहुँदा भोलिका दिनमा यसले उपभोक्तालाई मारमा पार्ने जोखिम समेत देखिन्छ । यस विषयमा नाइमाले ईभीका विषयमा एउटा स्पष्ट मापदण्ड हुनुपर्ने माग राखेको छ । जसले गर्दा भोलिका दिनमा उपभोक्ता पनि नठगिउन् भन्ने विषयम हामी एकदमै सजग हुनुपर्छ ।
नेपालमा ईभीको बजार द्रुत गतिमा विस्तार भएपनि तपाईंहरु भने आइसीई गाडीकै कारोबारमा रमाइरहनु भएको देखिन्छ । तपाईं संलग्न कम्पनीले ईभी ल्याउन नचाहेको हो कि, यसको भविष्य अझै अनिश्चित देख्नु भएको ?
हो, नेपालमा अहिले ईभीको बजार द्रुत गतिमै बढिरहेको छ । बजारको यो गति कहिलेसम्म कायमै रहला भन्ने विषय पनि महत्वपूर्ण छ । जहाँसम्म हाम्रो कम्पनी वैद्यज अर्गनाइजेसन किन ईभी सेग्मेन्टमा आएन भन्ने तपाईंको जिज्ञासा छ, यसमा म के भन्न चाहन्छु भने हामीले एथरमार्फत टु–ह्विलरमा काम थालिसकेका छौ । जहाँसम्म गाडीको कुरा छ, टोयोटाजस्तो ब्रान्डमा काम गरिरहेका हामीले जस्तो पायो त्यस्तो ब्रान्ड ल्याउने कुरा पनि हुँदैन । त्यसमाथि टोयोटाको जोड नै ईभीमा भन्दा पनि हाइब्रिडमा केन्द्रित भएकाले तत्कालै हामी ईभी गाडीमा गैहाल्ने अवस्था छैन ।
टोयोटासँग ईभी नभएका कारण बजार गुमाउनु परेको र हाम्रो व्यवसाय घाटामा गएको थाहा भएपनि हामी खुशी नै छौ ।
चिनियाँ अटोमोबाइल कम्पनी हेनरीका गाडीहरू मध्ये एक नयाँ मोडल भोल्ट्स सी...
काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...
सवारी साधन उत्पादन र आयात गर्ने व्यवसायी मिलेर हालै गठन गरिएको नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...