बीपी राजमार्गको पुनर्निर्माणमा जापानको २ अर्ब ६१ करोडको अनुदान सहायता

काठमाडौं - गत वर्षको बाढीबाट क्षतिग्रस्त बनेको बीपी राजमार्गको आपतकालीन पुनर्निर्माणका लागि जापान सरकारले २ अर्ब ६१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद् बैठकले जापान सरकारद्वारा प्रस्तावित २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

सो निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बीपी राजमार्गको पुनर्निर्माण कार्य शीघ्र अघि बढाइने बताए।  जापान सरकारको सहयोग स्वीकार गर्ने निर्णयसँगै कामले गति लिने अपेक्षा गरिएको छ।

गत वर्ष असोज दोस्रो साता आएको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्र चौकीडाँडाबाट रोशी गाउँपालिका अन्तर्गतको कालढुङ्गासम्मको १२ किलोमिटर सडकखण्डमा गम्भीर क्षति पुर्‍याएको थियो। तीमध्ये करिब आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो। यो पूर्वी पहाड र तराईलाई काठमाडौंसँग जोड्ने छोटो राजमार्गको रुपमा रहेको छ । दशैंको मुखमा सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा सहित चाडपर्व मनाउन गृह जिल्ला फर्कन खोज्नेले  ठूलो कठिनाइको सामना गर्नुपरेको थियो। हाल सडक खोला किनारतर्फ डाइभर्सन गरी अस्थायी रुपमा यातायात सञ्चालन गरिएको छ। बर्खा याममा खोलाको बहाव उच्च हुँदा जोखिम पूर्ण रुपमा यात्रा गर्नु पर्ने बाध्यता छ।

यस अघि पनि बीपी राजमार्ग जापान सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले २६ अर्ब जापानी येनको लागतमा धुलिखेल–सिन्धुली–बर्दिबास खण्डको १५८ किलोमिटर राजमार्ग निर्माण गरेको थियो।

सन् २०१५ (२०७२ साल) असार १८ गते सो राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

सम्बन्धित समाचारहरू

ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न

ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौं – ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण...

मनपरी भाडा असुल्छन् पोखरा-बेनी सडक खण्डमा ट्याक्सी चालक

मनपरी भाडा असुल्छन् पोखरा-बेनी सडक खण्डमा ट्याक्सी चालक

म्याग्दी- पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित...

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडाैँ महानगरपालिका

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडाैँ महानगरपालिका

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...