चीनसँगको व्यापारिक नाका रसुवागढीसँगको सडक सम्पर्क पुनः विच्छेद

काठमाडौं - रसुवागढी जोड्ने स्याफ्रुवेसी–रसुवागढी सडक खण्ड पुनः पूर्ण रूपमा अवरुद्ध बनेको छ। असार २४ गतेको बाढीबाट क्षति पुगेको सडक मर्मत गरी डेढ साता अघि मात्रै चीनसँगको मुख्य व्यापारिक नाका सञ्चालनमा ल्याइएको थियो। तर फेरि आएको बाढीले सडकका धेरै खण्डमा ठूलो भौतिक क्षति पुर्‍याएपछि सडक सम्पर्क पुनः विच्छेद भएको हो।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक योजनाका इन्जिनियर गजेन्द्रराज जोशीका अनुसार ल्हेन्दे खोलामा आएको बाढीले सडकका कैयौं भाग कटान गरी बगाएको छ। जसले गर्दा चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीसम्मको सडकीय आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।

साउन ४ गते आंशिक मर्मतपछि सञ्चालनमा ल्याइएको सडक फेरि बन्द हुँदा रसुवागढीसँगको सम्पर्क पुनः टुटेको छ। इन्जिनियर जोशीका अनुसार अहिलेको बाढीले असारको तुलनामा अझ बढी क्षति पुर्‍याएको छ। केही स्थानमा त पूर्णरूपमा सडक बगेको र अन्यत्र आंशिक कटान भएको जानकारी उनले दिए।

“हाल सडक पूर्णरूपमा अवरुद्ध छ, यातायात सञ्चालन सम्भव छैन,” उनले भने, “दुईवटा मेसिन परिचालन गरिएका छन् तर केही क्षेत्रमा नेपाली सेनासँग समन्वय गरेर ब्लास्टिङ गर्नुपर्ने देखिएको छ।”

इन्जिनियर जोशीका अनुसार बाढीले सडक नजिकै चट्टानसम्म कटान गरेकाले केही स्थानमा मेशिनले मात्रै काम सम्भव छैन। ती क्षेत्रमा ब्लास्टिङ गरेर सडक खोल्नुपर्नेछ। यदि मेसिनबाट मात्रै काम गरिने हो भने सडक सञ्चालनमा ल्याउन सात–आठ दिनसम्म लाग्न सक्ने उनले बताए।

यस सन्दर्भमा सडक विभागले नेपाली सेनासँग समन्वय गरी आवश्यक स्थानमा ब्लास्टिङ गर्ने योजना बनाएको छ।

बाढीले सबैभन्दा ठूलो क्षति चिलिमे पावर हाउसको पुलदेखि करिब ५ किलोमिटर दूरीसम्म पुर्‍याएको छ, जुन क्षेत्र मदाङ बुदुङ भनिन्छ। यस क्षेत्रमा सडकको सम्पूर्ण चौडाइ कटान भएको छ।

त्यसैगरी, कुलुङ पुल नजिकको बाटो आंशिक रूपमा बगाएको, लिङलिङे क्षेत्र सडक कटानमा परेको, तातोपानी नजिकको रसुवागढी पावर हाउस आसपास करिब १००–१५० मिटर सडक पूर्ण रूपमा बगेको, टिमुरे उकालोमा आधाभन्दा बढी सडक बगाएको, घट्टे खोला क्षेत्रमा पनि पूर्ण कटान भएको, नेपाली सेनाको श्रीनाथ गण नजिक आधाभन्दा बढी सडक खोलाले बगाएको इन्जिनियर जोशीले जानकारी दिए।

सम्बन्धित समाचारहरू

मुग्लिङ–पोखराखण्डकाे सिग्नेचर पुल निर्माणकाे डिजाइन स्वीकृत, वर्षा सकिनेबित्तिकै पुल निर्माण सुरु हुने

मुग्लिङ–पोखराखण्डकाे सिग्नेचर पुल निर्माणकाे डिजाइन स्वीकृत, वर्षा सकिनेबित्तिकै पुल निर्माण सुरु हुने

काठमाडौँ – पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने...

उपत्यकामा आज पनि निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि ताेकियाे समय

उपत्यकामा आज पनि निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि ताेकियाे समय

काठमाडौं – पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको...

यस्ता छन् विभिन्न देशका प्रहरीसँग भएका करोडौँ मूल्यका लक्जरी कार

यस्ता छन् विभिन्न देशका प्रहरीसँग भएका करोडौँ मूल्यका लक्जरी कार

विश्वका प्रहरीहरुले प्रयोग गर्ने सवारी साधनले विश्वव्यापी ध्यान तान्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...