लिपमोटर बी१० को स्निक प्रिभ्यु सम्पन्न, औपचारिक लन्च तथा मूल्य सार्वजनिक नाइमामा


काठमाडौं - नेपालमा लिपमोटरको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले उत्तरढोकास्थित आफ्नै शोरूममा लिपमोटर बी१० काे 'स्निक प्रिभ्यु कार्यक्रम आयोजना गर्यो। साे कार्यक्रममा केही मिडिया प्रतिनिधिहरू र अटो पारखीहरूले यो प्रतिक्षित इलेक्ट्रिक गाडीको पहिलो झलक पाउने अवसर पाए - जसले स्मार्ट डिजाइन, आधुनिक सुविधाहरु र सहज प्रदर्शनका कारण पहिले नै चर्चा बटुलिरहेको बताइएको छ।

नेपालमा पहिलो पटक भित्र्याउन लागिएको लिपमोटर बी१० ले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ। ६७.१ किलाेवाट आवर ब्याट्री सहितको यो मोडलले एकपटक चार्ज गर्दा ४६० किमी (डब्लुएलटीपी) सम्मको रेन्ज दिन्छ। यसमा जडान गरिएको १६० किलाेवाट मोटरले पावर र स्पिडलाई सन्तुलनमा राख्छ भने युरो एनक्यापकाे ५-स्टार सेफ्टी रेटिङ्गले यात्रुको सुरक्षामा प्राथमिकता दिन्छ।

स्निक प्रिभ्यु कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ्ग प्रत्यक्ष अनुभव गर्न पाए, जसले नेपाली ईभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा गरिएको कम्पनीकाे भनाइ छ ।

लिपमोटर बी१० को औपचारिक लन्च तथा मूल्य सार्वजनिक आगामी साउन २१ देखि २५ सम्म हुने नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ मा गरिनेछ। यद्यपि मूल्य घोषणा उक्त कार्यक्रममा गरिने भए पनि लिपमाेटर बी१० को मूल्य ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउनेछ।

साङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, “आजको स्निक प्रिभ्यु कार्यक्रम, यो गाडीले के दिन सक्छ भन्ने कुराको झलक मात्र हो । डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर बी१० साँच्चिकै 'पर्फेक्ट १०' हो। हामी यसलाई सार्वजनिक रूपमा नाइमा एक्सपाेमा प्रस्तुत गर्न उत्साहित छौं र यसले नेपाली ग्राहकको ईभीप्रति सोचाइ नै परिवर्तन गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।"

गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले सधैं नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको बताएको छ। पुजो, सिटून र लिपमोटर जस्ता ब्रान्डहरू समेटेको यस कम्पनीले स्मार्ट र वातावरणमैत्री गाडीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता लिएको छ।

सम्बन्धित समाचारहरू

क्यारी ब्रान्डको ईभी भ्यान किन्न रिलायन्स फाइनान्सले वित्तिय सेवा प्रदान गर्ने

क्यारी ब्रान्डको ईभी भ्यान किन्न रिलायन्स फाइनान्सले वित्तिय सेवा प्रदान गर्ने

काठमाडौं–क्यारी ब्रान्डका विद्युतीय भ्यानमा वित्तिय समाधान प्रदान गर्न...

लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार

लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार

काठमाडौं – नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ईभी...

भारत र दक्षिण कोरियाबाट भित्रिन्छन् नेपालमा किया गाडी, यस्तो छ मूल्य सूची

भारत र दक्षिण कोरियाबाट भित्रिन्छन् नेपालमा किया गाडी, यस्तो छ मूल्य सूची

नेपाली बजारमा कियाका गाडीहरु भारत र दक्षिण कोरियाबाट भित्रिने गरेका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...