फ्ल्यागशिप एसयूभी ‘आईकार–भी२७’ को ग्लोवल डेब्यु गर्दै चेरी

काठमाडौं–चिनियाँ अटो निर्माता चेरीले अगष्ट १ मा आफ्नो फ्ल्यागशिप एसयूभी आईकार–भी२७ को ग्लोवल डेब्यु गर्ने भएको छ ।

कम्पनीले आफ्नो नयाँ ब्रान्ड आईकाउर (iCAUR) इन्टरनेश्नल प्रिमियरमा सो नयाँ कार सार्बजनिक गर्ने तयारी गरेको हो । एप्पलसंगको ट्रेडमार्क द्वन्द्वका कारण अन्तराष्ट्रिय बजारमा आईकर ब्रान्डलाई बिक्री गर्न समस्या परेपछि चेरीले नयाँ ब्रान्ड आईकाउर ल्याउन लागेको को ।

दुवईमा आयोजना हुने उक्त कार्यक्रममा चेरीले आईकार भी२७ सहित थप दुई मोडल आईकार भी२३ र आईकार ०३ समेत शोकेस गर्ने तयारी गरेको छ । जसमध्ये भी२३ नेपाली बजारमा समेत प्रतिक्षा गरिएको कम्प्याक्ट एसयूभी हो ।

५ मिटर हाराहारी लामो भी२७ चेरीको आईकार ब्रान्डमा उपलब्ध हालसम्मकै अत्याधुनिक र सुबिधासम्पन्न एसयूभी हुने कम्पनीको भनाई छ । २८ हजारदेखी ३५ हजार डलरसम्म मूल्य निर्धारण हुनसक्ने अनुमान गरिएको यस अफरोडर एसयूभी यसै वर्षको अन्त्यदेखी चीनमा उत्पादन हुने अनुमान गरिएको छ ।

हाल उपलब्ध भी२३ को डिजाइनबाट प्रेरित हुने भी२७ को मेकानिकल, पावरट्रेन र फिचर जस्ता महत्वपूर्ण पक्षहरुका वारेमा कम्पनीले हालसम्म कुनै जानकारी वाहिर ल्याइसकेको छैन । उद्यपी यो १.५ टी टर्बोचार्ज्ड इन्जिनका साथ रेन्ज–एक्सटेन्डेड इलेक्ट्रिक पावरट्रेनमा उपलब्ध हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

चखन्डोल सामुदायिक वनमा बीवाईडीले रोप्यो १५ सय विरुवा, वनको गौरवलाई पुनर्जीवन दिने अपेक्षा

चखन्डोल सामुदायिक वनमा बीवाईडीले रोप्यो १५ सय विरुवा, वनको गौरवलाई पुनर्जीवन दिने अपेक्षा

काठमाडौं – बीवाईडी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक...

गत आर्थिक वर्षमा भित्रिए २४९ विद्युतीय सवारी, पहिले भन्दा लगभग आधाले कमी

गत आर्थिक वर्षमा भित्रिए २४९ विद्युतीय सवारी, पहिले भन्दा लगभग आधाले कमी

काठमाडौं – गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा २४९ विद्युतीय सवारी साधन आयात...

व्यवसायी पौडेल भन्छन् – यसरी गर्न सकिन्छ पेट्रोलियम गाडीलाई इलेक्ट्रिकमा रुपान्तरण

व्यवसायी पौडेल भन्छन् – यसरी गर्न सकिन्छ पेट्रोलियम गाडीलाई इलेक्ट्रिकमा रुपान्तरण

सरकारले प्रस्तुत गरेको बजेटमार्फत पेट्रोलियम पदार्थबाट चल्ने सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...