निसान म्याग्नाइटद्वारा ग्लोबल एनक्याप क्र्यास टेस्टमा ५ सेफ्टी स्टार हासिल

निसान इन्डियाले अक्टोबर २०२४ मा नयाँ निसान म्याग्नाइट लन्च गरेको थियो, जसमा धेरै सुधार र नयाँ सुविधाहरू समावेश थिए। अब सो मोडलले ग्लोबल एनक्यापको क्र्यास सेफ्टी रेटिङमा उत्कृष्ट फाइभ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ।

पहिलेको म्याग्नाइटले फाेर स्टार सेफ्टी रेटिङ पाएको थियो, तर कम्पनीले यसलाई सुधार्न विभिन्न चरणमा क्र्यास परीक्षण गरायो। ग्लोबल एनक्यापले निसान म्याग्नाइटको क्र्यास टेस्ट तीन चरणमा गर्यो र तिनीलाई २ स्टार, ४ स्टार र ५ स्टार सुरक्षा मूल्याङ्कन दिइयो।

पहिलो चरणमा म्याग्नाइटले २ स्टार सुरक्षा रेटिङ प्राप्त गर्यो, जहाँ यसमा केवल २ एयरब्याग थिए र ईएससी जस्ता आधुनिक सुरक्षा सुविधा थिएन। वयस्क अक्युपेन्ट परीक्षणमा यसले २४.४९ अंक र बाल अक्युपेन्ट परीक्षणमा १८.३९ अंक प्राप्त गर्यो।

दोस्रो चरणमा फेसलिफ्ट गरिएको मोडल परीक्षणमा आएको थियो जसले ६ एयरब्याग र ईएसपी लगायत धेरै सुरक्षा सुविधा उपलब्ध गरायो। यसले ४ स्टार सुरक्षा रेटिङ पायो र वयस्क तथा बाल यात्रु परीक्षणमा क्रमशः २६.५१ र ३६ अंक हासिल गर्यो।

तेस्रो र अन्तिम चरणमा, निसानले सुधारिएको मोडल प्रस्तुत गर्यो जसले वयस्क यात्रु परीक्षणमा ३२.३१ अंक पाउँदै प्रतिष्ठित ५ स्टार सुरक्षा मूल्याङ्कन हासिल गर्यो। बाल यात्रु परीक्षणमा ३३.६४ अंक पाएपछि समग्रमा यो मोडलले ५ स्टार सुरक्षा रेटिङ पायो।

यस सफलताले निसान म्याग्नाइटलाई बजारमा सुरक्षित र भरोसायोग्य विकल्पको रूपमा स्थापित गरेको छ। उपभोक्ताहरूका लागि सो कार अब थप विश्वसनीय र सुरक्षात्मक प्रमाणित भएकाे कम्पनीकाे भनाइ छ ।

सम्बन्धित समाचारहरू

निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’, देशभरका १६ चेक पोइन्टहरूमा हुँदै

निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’, देशभरका १६ चेक पोइन्टहरूमा हुँदै

काठमाडौँ – नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...

निसान म्याग्नाइटमा अब १० वर्षको विस्तारित वारेन्टी

निसान म्याग्नाइटमा अब १० वर्षको विस्तारित वारेन्टी

निसानले आफ्नो लोकप्रिय एसयुभी म्याग्नाइटमा १० वर्षको विस्तारित वारेन्टि...

मेगा मोटर्सद्वारा एकैदिन १७ निसान गाडी ग्राहकलाई हस्तान्तरण

मेगा मोटर्सद्वारा एकैदिन १७ निसान गाडी ग्राहकलाई हस्तान्तरण

काठमाडौं – मेगा मोटर्सले आज एकै दिन १७ युनिट निसान गाडी ग्राहकलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...