नाइमा मोबिलिटी एक्सपोमा निसान टेकटन लन्च, यस्तो छ मूल्य र विशेषता
काठमाडौं–निसानको प्रिमियम एसयूभी टेकटन नेपाली बजारमा लन्च भएको छ ।...
जापानका दुई प्रमुख कार निर्माता कम्पनी होन्डा र निसानले संयुक्त रूपमा कारको लागि नयाँ सफ्टवेयर प्लेटफर्म विकास गर्न लागेका छन्। अघिल्लो समय यी दुई कम्पनीबीच मर्जरको सम्भावनाबारे चर्चा भए पनि अब फरक तरिकाले सहकार्य गर्ने निर्णय गरेका छन्।
सहकार्यको मुख्य उद्देश्य भविष्यका कारलाई डिजिटल युगसँग मेल खाने बनाउनु हो। कारमा हुने अत्याधुनिक डिजिटल मेसिनका लागि सफ्टवेयरले प्रमुख भूमिका खेलेको हुन्छ । यही अवस्थालाई मध्यनजर गर्दै दुबै कम्पनीले मिलेर यस्तो सफ्टवेयर बनाउने तयारी गरेका छन्, जसले सम्पूर्ण कार सिस्टमलाई नियन्त्रण गर्न सक्नेछ।
सन् २०२४ को अगस्ट महिनादेखि होन्डा र निसानले नयाँ प्रविधिको अनुसन्धानमा सहकार्य गरिरहेका छन्। अब यो साझेदारी मोटर, सेमिकन्डक्टर, डेटा व्यवस्थापन लगायत सम्पूर्ण कारको नियन्त्रण सिस्टम सफ्टवेयर निर्माणतर्फ हुनेछ । यस सफ्टवेयरको प्रयोगबाट दुबै कम्पनीले युजर डेटा प्रयोग गर्न सक्नेछन्, जसको आधारमा सफ्टवेयर अपडेट तथा अन्य डिजिटल सेवाको शुल्क लिएर आम्दानी गर्ने सम्भावना रहेको छ।
अहिलेको समयमा धेरै चिनियाँ इलेक्ट्रिक कारमा अत्याधुनिक सफ्टवेयर प्रयोग भइरहेको छ, जसले विश्वका अन्य महँगा ब्रान्डको तुलनामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यसरी तीव्र गतिमा अघि बढिरहेका चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न जापानी कम्पनीलाई डिजिटल प्रविधिमा पनि बलियो उपस्थिति आवश्यक भएको हो।
यो परियोजनाको लागत अनुमानित १० अर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्ने बताइएको छ। यद्यपि, यसको प्रतिफल दीर्घकालीन हुने अपेक्षा गरिएको छ, किनकि भविष्यमा कार कम्पनीहरूको आम्दानी केवल कार बिक्रीबाट होइन, सफ्टवेयर सेवा र अपडेटबाट पनि हुनेछ।
अहिलेका लागि होन्डा र निसानले आ-आफ्ना प्रणालीमा छुट्टाछुट्टै काम गर्दैछन्। तर भविष्यमा एउटै साझा सफ्टवेयर प्लेटफर्म विकास गरिनेछ, जसलाई दुवै कम्पनीले आफ्ना आवश्यकताअनुसार अनुकूलन गर्न सक्नेछन्। सो सिस्टम मोबाइल कम्पनीले एन्ड्रोइड अपरेटिङ सिस्टमलाई आफ्नो आवश्यकता अनुसार परिमार्जन गर्ने तरिकाजस्तै हुने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...