रोयल इन्फिल्डले इलेक्ट्रिक बाइकसहितका नयाँ थुप्रै बाइक ल्याउँदै

रोयल इन्फिल्डले हालसालै केही पुराना बाइक अपडेट गरे पछि अब नयाँ मोडल लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले आउने केही वर्षभित्रै थुप्रै नयाँ मोडल लन्च गर्ने योजना बनाएको छ।

कम्पनीले ४५० सीसीको नयाँ गुरिल्ला बाइकको क्याफे रेसर संस्करण तयार गरिरहेको छ, जुन सन् २०२६ मा लन्च गर्ने सम्भावना छ। यसले ट्रायम्फको थ्रक्सटन ४०० सँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्नेछ। साथै, मेटियर ३५० र बुलेट ३५० जस्ता लोकप्रिय मोडलमा सामान्य डिजाइन परिवर्तन तथा नयाँ रङग समावेश गरिनेछ, यद्यपि पावरट्रेनमा भने परिवर्तन हुने सम्भावना छैन।

रोयल इन्फिल्डले ६५० सीसी सेग्मेन्टमा नयाँ बाइक 'बुलेट ६५० ट्विन' ल्याउने तयारीमा रहेको छ । सो बाइक क्लासिक ६५० भन्दा सस्तो मूल्यमा उपलब्ध हुने अनुमान गरिएको छ। त्यस्तै, कम्पनीले ७५० सीसी क्षमताको आर प्लेटफर्ममा आधारित बाइकमाथि पनि काम गरिरहेको छ। यस प्लेटफर्ममा बन्ने पहिलो मोडल कन्टिनेन्टल जीटी-आर हुनेछ, जुन सन् २०२५-२६ भित्र लन्च हुने अपेक्षा गरिएको छ।

साथै, कम्पनी पहिलो पटक आफ्नो इलेक्ट्रिक बाइक 'फ्लाइङ फ्ली सी६' को तयारीमा पनि जुटिरहेको छ । यसको लगत्तै स्क्र्याम्बलर शैलीको इलेक्ट्रिक बाइक र ब्याट्रीबाट चल्ने हिमालयन मोडल पनि प्रस्तुत गरिनेछ। कम्पनीले ७५० सीसीको एडभेन्चर हिमालयन बाइक ल्याउने योजना पनि बनाइरहेको छ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड हिमालयन ४५० को मूल्य ९ लाख ८९ हजार, यस्तो छ विशेषता

रोयल इन्फिल्ड हिमालयन ४५० को मूल्य ९ लाख ८९ हजार, यस्तो छ विशेषता

काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली सी६’ आउँदै

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली सी६’ आउँदै

इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ। यही...

फिचर अपग्रेड भएर आयो क्लासिक ३५०, सबै भेरिएन्टमा अव डुअल च्यानल एबिएस

फिचर अपग्रेड भएर आयो क्लासिक ३५०, सबै भेरिएन्टमा अव डुअल च्यानल एबिएस

काठमाडौं–मध्यम आकारको मोटरसाइकल(२५० सीसी–७५० सीसी) उत्पादनमा विश्व्यापी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...