बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–ट्रायम्फ नेपालले लिगेसी राइड मोटरसाइकल -यालीको तेस्रो संस्करण, ‘सौराहा एडिसन’ सम्पन्न गरेको छ । -याली यहि साउन २ र ३ गते आयोजना गरिएको थियो ।
ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा आयोजित उक्त राइडमा ३५ जना ट्रायम्फ राइडरहरूले सहभागिता जनाएका थिए ।
राइडको सुरुवात पोखराको नयाँबजारस्थित ट्रायम्फ शोरूमबाट भएको थियो । पोखराको डाँडाकाँडा हुँदै तराईका समथर भूभागहरू पार गर्दै ट्रायम्फ मोटरसाइकलको समूह सौराहा, चितवन आइपुगेका हुन् । करिब १६० किलोमिटरको रमणीय यात्रा पार गरेर राइडरहरू साँझ सौराहा पुगेका थिए ।
सौराहामा राइडरहरूले थारु संस्कृति, सांस्कृतिक कार्यक्रम, बोनफायर जस्ता रमाइलो गतिविधिहरूमा सहभागी भई यात्रा थप अविस्मरणीय बनाएका थिए । शनिबार बिहान, चितवन राष्ट्रिय निकुञ्जको जङ्गल सफारीमा सहभागी भएर उनीहरूले एकसिंगे गैँडा लगायत विभिन्न वन्यजन्तुहरूको अवलोकन गरे ।
कम्पनिका अनुसार, यस यात्रामार्फत ट्रायम्फ राइडरहरूले नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्यको अनुभव गर्दै आन्तरिक पर्यटन तथा दुईपांग्रे पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु-याएका छन् ।
ट्रायम्फ लिगेसी राइड ‘सौराहा एडिसन’ले देशभरिका राइडरहरूलाई एउटै यात्रामा जोडेको कम्पनीका प्रबन्धक सागर थापाले बताए । ‘यस राइडरमा सहभागीहरुले नेपालको अनुपम प्रकृति र सांस्कृतिक विविधता अन्वेषण गर्दै राइडिङ प्रतिको आफ्नो उत्साह र अनुभवहरू बाँडे’ उनले भने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...