ट्राफिक सचेतना कक्षा अब नागरिक एपबाटै लिन सकिने, हट्यो ट्राफिक प्रहरी कार्यालय पुग्नु पर्ने बाध्यता

काठमाडौं – ट्राफिक सचेतना कक्षा अनलाइनबाट सञ्चालन हुन थालेको छ । हिजो प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कक्षा सञ्चालनको शुभारम्भ गरे ।

अनलाइन सचेतना कक्षा संचालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यता हटेको छ । यो कक्षा नागरिक एपबाट लिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

जाँडरक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा हाँक्ने, लेन अनुशासन पालना नगर्ने र रातो बत्तीमा गाडी चलाउने जस्ता कसूरमा कारबाहीमा परेका चालकहरूले अनलाइन कक्षा लिन सक्नेछन् ।

अनलाइन कक्षा लिनुभन्दा पहिले तोकिएको जरीवाना तिर्नुपर्छ । त्यसपछि आफ्नो मोबाइलमा रहेको ‘नागरिक एप’ खोलेर ‘ट्राफिक अनलाइन क्लास’मा गई ‘जोइन क्लास’ मा जानुपर्छ ।

एपमा देखाइएका सबै नियम र सर्तहरू पढेर आफ्नो दुवै कान देखिने गरी स्पष्ट अनुहारको फोटो खिचेर अपलोड गर्नुपर्छ । फोटो अपलोड भएपछि भिडिओ कक्षा शुरू हुन्छ । कक्षाको अन्त्यमा सोधिने छ वटा प्रश्नमध्ये कम्तीमा ३ वटाको सही जवाफ दिनुपर्नेछ । अनुत्तीर्ण भएमा ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमै उपस्थित हुनुपर्नेछ ।

कक्षा सफलतापूर्वक सम्पन्न भएपछि ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) मा स्वतः अपडेट हुनेछ र नागरिक एपमा कक्षा पूरा भएको जानकारी देखिनेछ ।

कक्षा चलिरहेको बेला मोबाइलको क्यामेराले प्रयोगकर्ताको अनुहार निरन्तर निगरानी गर्नेछ । यदि एक मिनेटसम्म अनुहार नदेखिएमा वा क्यामेरा बन्द भएमा पहिलो पटक चेतावनी दिइने र यो प्रक्रिया तीन पटक दोहोरिएमा कक्षा स्वतः रद्द हुने ट्राफिक प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचारहरू

दुबईमा अर्काे वर्षदेखि नियमित रुपमा एयर ट्याक्सी सञ्चालनमा आउने

दुबईमा अर्काे वर्षदेखि नियमित रुपमा एयर ट्याक्सी सञ्चालनमा आउने

अमेरिकाको जोबी एभिएशन नामक कम्पनीले अर्काे वर्षदेखि दुबईमा नियमित रुपमा...

टुरिस्ट बस प्रयोग गर्ने नेपाली बढ्दै, यस्ता छन् टुरिस्ट बस चढ्दा हुने ५ फाइदा

टुरिस्ट बस प्रयोग गर्ने नेपाली बढ्दै, यस्ता छन् टुरिस्ट बस चढ्दा हुने ५ फाइदा

नेपालमा अहिले टुरिष्ट बसको प्रयोग बढ्दो छ । विशेष गरी अन्तर्राष्ट्रिय...

टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

मुग्लिन (चितवन) – जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...