ब्रान्ड बिल्डिङमा लगातार ४ वर्ष सम्म पहिलो स्थानमा डोङफेङ मोटर, नेपाल भित्रिदै नामी ०६

हालै चीनमा प्रकाशित २०२४ सेन्ट्रल इन्टरप्राइज ब्रान्ड बिल्डिङ डेभलपमेन्ट रिपोर्ट अनुसार डोङफेङ मोटर सातौ स्थानमा उक्लिदै सेन्ट्रल इन्टरप्राइज ब्रान्ड बिल्डिङ बेन्च मार्किङ -याङकिङमा पर्न सफल भयो भने अटोमोबाइल उद्योगमा लगातार चौथो पटक पहिलो स्थानमा रहन सफल भयो ।

मेड इन चाइनबाट क्रिएटेड इन चाइना, चाइना स्पिड टु चाइना क्वालिटी र चाइना प्रोडक्ट्स टु चाइना ब्रान्ड्समा रुपान्तरण हुँदै डोङफेङ मोटर अन्तर्गतको ब्रान्ड डोङफेङ नानोले सेन्ट्रल इन्टरप्राइज अर्थात केन्द्रीय उद्योग सहितको राष्ट्रिय कारको रुपमा आफ्नो पहिचान कायम राख्न सफल भएको छ । यसले डोङफेङ मोटरको ब्रान्डलाई अझै उच्च स्तरीय बनाउनमा भूमिका खेलेको छ ।

पछिल्लो समयमा चिनियाँ कार ब्रान्डहरुले समेत आफूलाई विश्व स्तरीय ब्रान्ड बनाउनमा विभिन्न रणनीति निर्माण गरिरहेका छन् । डोङफेङले पनि सो ट्रेन्डलाई पछ्याएको छ । यस अनुसार डोङफेङ नानो डोङफेङको ५६ वर्षको कार-मेकिङ हेरिटेजका साथ यसको स्मार्ट अनुभव र दैनिक यात्रालाई सहज बनाउनका लागि आवश्यक राष्ट्रिय कारको स्ट्यान्डर्ड सहित प्रस्तुत भएको छ ।

डोङफेङको ५६ वर्षको कार–मेकिङ हेरिटेजलाई डोङफेङ नानोले चीनकै नेसनल प्योर इलेक्ट्रिक प्रोफेसनल ब्रान्डको रुपमा स्थापित गरेको छ । दैनिक जीवनका लागि आवश्यक ट्राभल निड पुरा गर्नका लागि आफै विकास गरेको विज्ञान र प्रविधिलाई संयोजन गरी स्मार्ट कारमार्फत यो कारले नेसनल कारको स्ट्यान्डर्ड कायम गर्न सफल भयो । यस अन्तर्गत डोङफेङ नानो ०१ ले ‘ग्रेट एन्ड इन्टेलिजेन्ट नेसनल कार’ को उपमा पायो भने नानो ०६ ले ‘नेसनल स्मार्ट एन्ड फन प्योर इलेक्ट्रिक एसयूभी’ को पहिचान कायम गरेको छ ।

डोङफेङले पछिल्लो समयमा डोङफेङ मोटर अन्तर्गत विभिन्न ब्रान्ड विकास गर्ने रणनीति लिएको छ । २०२५ सांघाई इन्टरनेसनल अटो शोमा डोङफेङ मोटरले औपचारिक रुपमा ‘टायनयुआन इन्टेलिजेन्ट’ टेक्नोलोजी ब्रान्ड लन्च ग¥यो । यसले नयाँ टेक्नोलोजी सिस्टम विकास गर्नुका साथै डोङफेङ नानोको अनुभवलाई अझै अपग्रेड गर्न भूमिका खेल्यो ।

हालै लन्च गरिएको डोङफेङ नानो ०६ ‘डोङफेङ टायनयुआन स्मार्ट नेसनल फर्स्ट कार’ हो । यसमा असिस्टेड ड्राइभिङ टी१०० सँग डोङफेङ टायनयुआन जोडिएको प्रविधिको संयोजन छ । यसकारण यो गाडीमा हाई–स्पिड पाइलट असिस्टेड ड्राइभिङ फङसन, मेमोरी पाइलट असिस्टेड ड्राइभिङ फङसन, क्रस फ्लोर मेमोरी पार्किङ फङसन र ट्र्याकिङ रिभर्स फङसन लगायतका विभिन्न फिचर छन्, जसले दैनिक जीवनमा हुने ट्राफिक जाम र पार्किङ समस्या हटाउन भूमिका खेल्छ । यस्ता विभिन्न विशेषतायुक्त डोङफेङ नानो ०६ ले यो वर्ष डेकाथलन च्यालेन्ज लगायतका विभिन्न पुरस्कार समेत जितेको छ ।

डोङफेङले अन्य देशमा समेत बिक्री गर्नका लागि विभिन्न मोडलको विकास गर्दै गयो । यस अनुसार सन् २०२३ अगस्ट २२ मा डोङफेङ नानो ०१ को ओभरसिज भर्सनको रुपमा डोङफेङ बक्सलाई नेपालमा औपचारिक रुपमा लन्च गरियो । त्यसपछि नोभेम्बर २२ मा मलेसियाको क्वालालम्पुर र अन्य देशमा समेत लन्च गरियो । दुई वर्ष भन्दा कम समयमै डोङफेङ बक्स २० भन्दा बढी देशमा बिक्री भएको छ ।

नेपालमा डोङफेङ बक्स इलेक्ट्रिक कार डोङफेङ नामी ब्रान्ड नेममा बिक्री भइरहेको छ । नेपाली बजारमा नामी ०१ पहिले देखि नै बिक्रीका लागि उपलब्ध छ भने अब केही समयमै नामी ०६ पनि उपलब्ध हुने कम्पनीको भनाइ छ । नेपाली बजारमा आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्सले आगामी भदौमा हुने नाडा अटो शो २०२५ मा यो गाडी उपलब्ध गराउने बताएको छ ।

सम्बन्धित समाचारहरू

फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष

फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष

काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल...

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...

नामी नेपाल भित्रिएको १ वर्ष पुग्यो, अटो शोमै मनायो भव्य उत्सव

नामी नेपाल भित्रिएको १ वर्ष पुग्यो, अटो शोमै मनायो भव्य उत्सव

काठमाडौं, नेपाल – २३ अगस्ट, २०२५ – नामीले नेपालमा आफ्नो पहिलो मोडल नामी ०१...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...