४० किलोवाट आवर ब्याट्री र लाइफटाइम वारेन्टीसहित नयाँ २०२६ टाटा पन्च ईभी फेसलिफ्ट सार्वजनिक
भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ टाटा पन्च ईभी फेसलिफ्ट २०२६...
टाटा मोटर्सले भारतको एसयूभी बजारमा नयाँ आयाम थप्दै स्कारलेट कोडनेम भएको नयाँ कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ । महिन्द्रा स्कर्पियो र बोलेरोजस्ता लोकप्रिय गाडीसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले लन्च गर्न लागिएको सो नयाँ मोडल टाटाको एसयूभी पोर्टफोलियोमा महत्त्वपूर्ण कोशेढुङगा सावित हुने अपेक्षा गरिएको छ।
नयाँ स्कारलेटको डिजाइन सिएराको डिजाइनसँग मिल्दोजुल्दो हुनेछ । हालसम्म टाटाले स्कारलेटबारे आधिकारिक रूपमा धेरै जानकारी नदिए पनि यसमा धेरै पावरट्रेन विकल्प हुने अनुमान गरिएको छ। साथै टाटाले स्कारलेटको अल-इलेक्ट्रिक भेरिएन्ट पनि ल्याउने योजना बनाइरहेको छ ।
स्कारलेटको मूल्य लगभग नेक्सन समान हुने अनुमान गरिएको छ। हाल नेक्सनको मूल्य आईसीई भेरिएन्टका लागि ८ लाखदेखि १५ लाख भारु र ईभी भेरिएन्टका लागि १२ लाख ४९ हजारदेखि १७ लाख १९ हजार भारु रहेको छ।
स्कारलेटसँगै टाटाले आफ्नो इलेक्ट्रिक गाडीको लाइनअपलाई थप विस्तार गर्दैछ। कम्पनीले दुईवटा नयाँ सब-४-मिटर अल-इलेक्ट्रिक मोडल कुनो र टेरा ल्याउने तयारीमा छ। सो नयाँ मोडल टाटाले ईभी सेगमेन्टमा लन्च गर्नेछ । साथै हरेक सेगमेन्टमा इन्ट्री लेवल, मिड लेवल र प्रिमियम लेवलमा उपलब्ध गराउने लक्ष्य राखिएको छ। यद्यपि स्कारलेट बजारमा आउन अझ केही समय लाग्नेछ ।
भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ टाटा पन्च ईभी फेसलिफ्ट २०२६...
टाटा मोटर्सका गाडीहरू सुरक्षाको मामिलामा सधैं अग्रपङ्क्तिमा रहँदै आएका...
टाटा मोटर्सले श्रीलंकामा पनि आफ्ना कार बिक्रीका लागि उपलब्ध गराएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...