उत्तरी नाकाबाट सवारी आयात गर्ने प्रक्रिया पूर्ण रुपमा रोकियो : नाईमा

काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढी नाकामा हालै आएको बाढीले सवारीसाधन आपूर्तिमा गम्भीर अवरोध ल्याएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

एक विज्ञप्तिमार्फत बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले रसुवागढी नाकामा रहेको ‘मितेरी पुल’ बगाएको घटनाले नेपालको सवारी आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको बताएकी छिन् ।

‘नेपाल भित्रिने ६० प्रतिशतभन्दा बढी सवारीसाधन यही नाका हुँदै आयात हुने गरेकोमा पुल बगाएपछि उत्तरी नाकाबाट सवारी भित्र्याउने प्रक्रिया पूर्ण रूपमा रोकिएको छ । चिनियाँ भन्सारबाट क्लियर भइसकेका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन्, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यसले आयातकर्तालाई आर्थिक धक्का पुर्याउनुको साथै चाडपर्वको तयारीमा रहेका उपभोक्ता र बजार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको छ ।’

नाइमाले रसुवामा बाढीले निम्त्याएको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणलाई सरकार तथा सम्बन्धित निकायले उच्च प्राथमिकता दिनुपर्ने माग गरेको छ ।

सम्बन्धित समाचारहरू

नाइमा एक्सपोमा एभरेष्ट बैंकको गाडी कर्जा : मात्र ६.५२ प्रतिशत ब्याजदर

नाइमा एक्सपोमा एभरेष्ट बैंकको गाडी कर्जा : मात्र ६.५२ प्रतिशत ब्याजदर

काठमाडौं – सवारी साधन किन्नेहरुलाई लक्ष्यित गरी एभरेष्ट बैंकले गाडी...

नाइमा मोबिलिटी एक्सपोमा ३५ नयाँ सवारी साधन लन्च हुने, उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख

नाइमा मोबिलिटी एक्सपोमा ३५ नयाँ सवारी साधन लन्च हुने, उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख

काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन...

नाइमा एक्सपाेकाे अवधि किन थप ? कति भए अवलाेकनकर्ता ?

नाइमा एक्सपाेकाे अवधि किन थप ? कति भए अवलाेकनकर्ता ?

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...