विद्युतीय सवारी चालकहरूका लागि प्राविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पोखरा – सीजी मोटर्स र टीटी ईभी रिभोलुसनद्वारा आयोजित विद्युतीय सवारी चालकहरूका लागि प्राविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखराको सिटी स्क्वायर बैंक्वेट, न्युरोडमा शनिबार सो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको कम्पनीको भनाइ छ ।

‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी’ भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले चालकहरूलाई प्रविधिमैत्री प्रशिक्षण, ट्राफिक नियम र सुरक्षाबारे सचेत गराउनुका साथै स्वच्छ र सुरक्षित भविष्य निर्माणतर्फ सकारात्मक सन्देश दिएको छ। साथै, ईभीको रेन्ज, ब्याट्री लाइफ र मर्मत सम्भारसम्बन्धी सुझावहरू पनि दिइएको थियो ।

कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको सहकार्य तथा समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की पोखराका प्रमुख इन्स्पेक्टर शोभा पान्डेको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसैगरी, सीजी मोटर्सका अफ्टर–सेल्स डिपार्टमेन्टका डेपुटी म्यानेजर अशोक पंगेनी, टीटी ईभी रिभोलुसनका म्यानेजर श्रीधर पराजुली तथा गण्डकी प्रदेशका १८ यातायात व्यवसायी समितिका पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो। कार्यक्रममा २०० भन्दा बढी व्यावसायिक चालकहरूको सक्रिय सहभागिता रहेको थियो, जसले यो कार्यक्रमलाई सडक सुरक्षामा योगदान पु¥याउने, बिक्रीपछिको सेवा अभिवृद्धि गर्ने र जिम्मेवार चालक व्यवहारलाई प्रवद्र्धन गर्ने महत्त्वपूर्ण अवसरको रूपमा स्थापित गरायो।

सीजी मोटर्स र टीटी ईभी रिभोलुसनले सम्पूर्ण सहभागी, प्रशिक्षक तथा साझेदारहरूलाई कार्यक्रमलाई सफल बनाउन दिएको अमूल्य योगदानप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ : गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल (भिडियो सहित)

नाडा अटो शो २०२४ : गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल (भिडियो सहित)

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल...

स्काईवेलको फ्ल्यागशिप शोरुम नक्सालमा, बीई११ मा ४ लाख छुट

स्काईवेलको फ्ल्यागशिप शोरुम नक्सालमा, बीई११ मा ४ लाख छुट

जी मोटर्सले स्काईवेलको फ्ल्यागशिप शोरुम काठमाडौंको नक्सालमा सञ्चालनमा...

जेके टायरले इलेक्ट्रिक सवारीका लागि निर्माण ग-यो टायर

जेके टायरले इलेक्ट्रिक सवारीका लागि निर्माण ग-यो टायर

जेके टायरले बस, ट्रक, एलसीभी र प्यासेन्जर कारका लागि इलेक्ट्रिक स्मार्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...