मोटरसाइकल संस्कृतिमा नयाँ आयाम थप्न रोयल इनफिल्ड नेपाल र सन्दिप क्षेत्रीविच सहकार्य
काठमाडौं–रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
रोयल इन्फिल्डको बहुप्रतीक्षित इलेक्ट्रिक बाइक हिमालयन इलेक्ट्रिक लद्दाखमा परीक्षणको क्रममा देखिएको छ। कम्पनीले २०२३ को ईआईसीएमए शो मा सो बाइकको पहिलो झलक दिँदै एचआईएम-ई नामक प्रोटोटाइप प्रस्तुत गरेको थियो। अहिले परीक्षणमा देखिएको मोडल हिमालयन एचआईएम-ई अन्तर्गत इलेक्ट्रिक बाइक भएको अनुमान गरिएको छ ।
सो बाइक भारतको टुरिङ मोटरसाइकल बजारमा इलेक्ट्रिक विकल्पका रूपमा आउने सम्भावना प्रबल देखिन्छ। रोयल इन्फिल्ड हिमालयन आफैंमा एक लोकप्रिय साहसिक मोटरसाइकल हो, र यसको इलेक्ट्रिक संस्करणले त्यो प्रतिष्ठा अझै मजबुत बनाउने अपेक्षा गरिएको छ।
डिजाइनको कुरा गर्दा यसमा सिंगल सिट प्रयोग गरिएको छ जुन इन्धन ट्याङ्की जस्तो देखिने डिजाइनसँग जोडिएको छ। यसमा अग्लो विन्डस्क्रिन, फुल एलईडी लाइटिङ, प्रोजेक्टर हेडलाइट, टेललाइट र पछाडिको टर्न इन्डिकेटर दिइएको छ ।
सो बाइकमा विशेष गरी स्पोक टाइप एसएम प्रो प्लेटिनम एन्डुरो ह्विल प्रयोग गरिएको छ, जुन बिलेट आल्मुनियमबाट बनेका छन् । ब्रेकिङका लागि अगाडि र पछाडि दुबै छेउमा पेटल डिस्क र निसिन क्यालिपर प्रयोग गरिएको छ। ब्रेक फ्लुइड रिजर्भर ह्यान्डलबारमै राखिएको देखिन्छ र ब्रेसेड ह्यान्डलबारमा रेन्टल ब्रेक प्याड जडान गरिएको छ।
यसको सस्पेन्सन सिस्टम पनि उच्च स्तरको देखिन्छ। अगाडि यूएसडी टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि ओहलिन्स मोनोशक दिइएको छ। यसमा ७ इन्चको इसीयू मास्टर ड्यासबोर्ड रहेको छ
हालसम्म कम्पनीले यसको लन्चको मिति घोषणा गरेको छैन। साथै यसको परफर्मेन्स विवरण पनि सार्वजनिक गरिएको छैन। तर, डिजाइन र फिचर हेर्दा यो हिमालयन ४५० जस्तै शक्तिशाली र क्षमतावान हुने अनुमान गरिएको छ।
काठमाडौं–रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
काठमाडौं–नेपालमा महिला राइडरलाई सशक्त बनाउने र साहसिक पर्यटन प्रवद्र्धन...
काठमाडौं–रोयल इन्फिल्ड हिमालयनमा सवार राइडरले नगरकोटसम्म यात्रा गरेका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...