बाढीले रसुवागढी भन्सार यार्डमा राखिएका १५० युनिट गाडी बगायो

काठमाडौं–भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सारमा राखिएका कन्टेनर र गाडी बगाएको छ । रसुवागढी भन्सारको यार्डमा जाँचपासका लागि राखिएका १५० युनिट जति गाडी बगाएको भन्सार कार्यालयले अनुमान गरेको छ ।

रसुवा भन्सारका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार निर्माणाधीन ड्राइपोर्ट र त्यहाँ राखिएका सबै गाडी बाढीले बगाएको छ । उनले यति नै मात्रामा गाडी बगायो भन्ने एकिन विवरण आइनसकेको तर, १५० युनिट जति गाडी बगाएको अनुमान गरिएको जानकारी दिए । जाँचपास गरेर राखिएका गाडी पनि बगाएको हुनाले ठ्याक्कै संख्या एकिन गर्न नसकिएको उनको भनाइ छ ।

‘जाँचपास गरेर राखिएका गाडी पनि थिए, डेढ सय युनिटजति गाडी बगाएको हाम्रो अनुमान छ’ प्याकुरेलले भने, ‘केही नयाँ कन्टेनर पनि आएका थिए, ति पनि बगाएको छ ।’

त्यस्तै, बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । गए राति आएको भीषण बाढीले पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको छ ।
बाढीले रसुवागढी हाइड्रोपावरमा पनि पूर्ण क्षति पुर्याएको छ ।

बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका छन् भने ९ जनाको उद्धार गरिएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...